ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा १४ घाईते तीनको अबस्था गंभिर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड >> जसपा रुपन्देहीको इञ्चार्जमा मोहम्मद अली >> लादेनका छोरालाई फ्रान्सले गरयो देश निकाला, सदाका लागि प्रतिबन्ध >> कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व >> दशैका लागि सिद्धार्थनगरबाट ४ हजारले साटे सुकिला नोट, आर्थिक गतिविधी बढ्दा दशैमा दोब्बर रकम निकासा >> उत्तर कोरियाले गरयो दक्षिण कोरियासँगको सबै सिमा बन्द >> बुटवल हस्पिटल प्रा.लि. दशैमा पनि खुल्ला >> वाणगंगामा नागरिक सुनुवाइ >> रतन टाटाले फोर्डका अध्यक्षसँग यसरी लिएका थिए अपमानको बदला >> औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन >> विश्व दृष्टि र मानसिक स्वास्थ्य दिवस >> बर्दियामा बाघको त्रास >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> आज वडादसैँ अन्तर्गत सप्तमी, फूलपाती भित्र्याएर मनाइँदै >> चिताएको पुग्ने सुपादेउरालीमा ‘एएस एड्भेन्चर’ >> कार्यस्थलमा मानसिक स्वास्थ्य’ विषयक गोष्ठी युसिएमएसमा सम्म्पन >> बुटवलबाट गुल्मी जाँदै गरेको जिप दुर्घटना, १६ जना घाइते >> विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पठाइयो >> अमेरिकाको फ्लोरिडामा शक्तिशाली ‘मिल्टन’ आँधी, ५१ मा आपतकालीन अलर्ट जारी >> अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ >> दसैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन >> उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टीकरण >> दसैंं पर्व : विविध सन्दर्भहरु >> सहसम्पादकमा श्रेष्ठ र उपसम्पादकमा गिरी >> काठमाडौं फर्कने यात्रुलाई २० प्रतिशत भाडा छुट >> अनुगमनसँगै महड्डी नियन्त्रण गर >> दशैँ पर्वको बहुआयामिक महत्व >> फूलपातीबाट नेपाली बक्सअफिसमा त्रिपक्षीय भिडन्त >> वन्यजन्तु संरक्षणमा ‘विद्यार्थी’ >> रामपुरमा प्लाष्टिकका फूलमाला निषेध >> दशैंको मुखमा राजस्वको निगरानीमा मदिरा उद्योग >> आज दशैंको छैटौं दिन, कात्यायनी देवीको पूजा गरिंदै >> मनसुनी वायु कमजोर हुँदै, केही दिन ठूलो पानी नपर्ने >> बबई नदीमा डुबेर बालकको मृत्यु  >> लिम्स मेडिकल बुलेटिन बिमोचन तथा शुभकामना आदानप्रदान >> एनसेल फाउन्डेसनद्वारा बाढी पहिरो पीडितलाई राहत वितरण >> दाङमा ५० किलो भन्दा बढी लागु औषधसहित तीनजना पक्राउ >> नुवाकोटबाट बुटवल आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टियो, दुई युवाको मृत्यु >> अर्थतन्त्रबारे सुझाव दिन पूर्व अर्थसचिव खनालको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन >> नेप्से २७ अङ्कले घट्यो, ४ अर्ब ५९ करोडको कारोबार >> बाल विवाह रोक्न गैँडहवा गाउँपालिकाले गर्यो बालिका बिमा

सडक सुधार गर्नुपर्ने भन्दै विद्यार्थी आन्दोलित

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

सुर्खेत, १ असोज ।

वीरेन्द्रनगर नगरपालिका–४, स्थित भैरव माध्यमिक विद्यालय र जन नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले सडक सुधार गर्नुपर्ने माग गर्दै आन्दोलित भएका छन् । उनीहरुले भैरवस्थान स्कुलको गेट नजिकै धर्ना समेत दिएका छन् । उनीहरुले सोमवार दिनभरी स्कुल अगाडि धर्ना दिएका थिए ।

प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल र विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख बस्ने घर नजिकैको अवस्था बेहाल रहेको उनीहरुको भनाई छ । जनप्रतिनिधिहरुलाई सडकका्े अवस्थाका बारेमा पटकपटक कुरा राख्दा पनि चासो नराखेपछि धर्ना दिन बाध्य भएको विद्यार्थीहरुको भनाई छ ।

जन नमुना माविका विद्यार्थी नारायण नेपालले दुई वर्षदेखि सडकको अवस्था उस्तै हुँदा सोही ठाउँबाट चुनाव लडेर मुख्यमन्त्री बनेका कँडेल र नगर प्रमुख मोहनमाया ढकालले कुनै चासो नदिएको बताएका छन् ।

‘सडक सुधारका लागि जनप्रतिनिधिले कुनै चासो नदिएपछि आन्दोलन गरेका हौ’ उनले भने, ‘राजधानीभित्रकै व्यस्त सडकको त अवस्था यस्तो छ, यहाँका दुर्गम ठाउँको त कल्पना गर्न सकिदैन ।’

उक्त सडकमा लामो समयदेखि अटो चलाउँदै आएका सुरेन्द्र सुवेदीले यस क्षेत्रमा अटो चलाउनै समस्या रहेको बताए । बाटो बिग्रिएको कारण अटोको टायरलगायतका सामग्री मर्मत गरिरहनुपर्ने अवस्था आउने गरेको बताए ।

स्थानीय हरि अधिकारीले बाटो भारी खाल्डाखुल्डी भएका कारण बिद्यार्थी, सुत्केरी महिला तथा बालबालिकालाई हिंड्डुल गर्न समस्या हुने गरेको बताए । खासगरी गणेश चोकदेखि हस्पिटल हुँदै बांगेसिमल जाने सडकको अवस्था बिग्रिएको अधिकारीले बताए ।

सडक सुधारका लागि मुख्यमन्त्री कँडेल र नगरप्रमुख मोहनमाया ढकालले आएर लिखित सहमति गर्नुपर्ने माग गरेका आन्दोलित विद्यार्थीले माग पूरा नभए कडा संघर्षका कार्यक्रममा उत्रिने चेतावनी दिएका छन् ।

यता वीरेन्द्रनगर नगरपालिका–४, का वडाध्यक्ष शेरबहादुर केसी वडासँग उक्त सडक बनाउन सकिने बजेट नरहेको बताउँछन् । अहिले प्रदेश सरकारबाट नालाको सुधारका लागि बजेट राखिए पनि स्तरोन्नती र मर्मतका लागि बजेट नरहेको जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?