© २०२३
बुटवल, १ असोज । मानव—सर्प द्धन्द्ध न्युनिकरण गर्ने अभियानका रुपमा सर्प महोत्सव गरिएको छ । अन्तराष्ट्रिय सर्पदंश जनचेतना दिवसको अवसरमा तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिकाको सहयोगमा शंकरनगर बन बाटिका तथा अनुसन्धान केन्द्र परिसरमा ‘मानव र सर्प बीच सहअस्तित्व प्रवर्द्धन’ नारासहित रुपन्देहीमा दोस्रो नेपाल सर्प महोत्सव गरिएको हो ।
दुई दिन चल्ने महोत्सवमा सहभागी विद्यार्थी, स्थानियहरुलाई सर्प सम्बन्धि विज्ञ, नेचर गाईड, रेस्कुयरहरुले प्रत्यक्ष विषालु र अविषालु सर्पका प्रजातीबारे चिनाउने, सर्पको उद्घार, औजारहरुको प्रयोग गरेर देखाए । विभिन्न स्टलहरुमा सर्प सम्बन्धि चित्रकला, फेस आर्ट, फोटो प्रदर्शनी समेत गरिएको थियो ।