© २०२३
बुटवल, ०१ भदौ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा. ईन्द्र ढकाल स्वतः कायम भएका छन् । सर्बोच्च अदालतमा आफू मेसु हुनुपर्ने भन्दै अस्पतालका चिकित्सक डा. बिष्णु गौतमले हालेको रिट खारेज भएको हो ।
न्यायाधीश हरि फुयाल र अब्दुल अजिज मुसलमानले फैसला गर्दै ढकाललाई कायम गरेको हो । २०८१ असार १३ मा दर्ता भएको मुद्दाको फैसला २०८१ भदौ ३० गते आएको हो । फैसला अनुसार रिट खारेज गरि निर्देशनात्मक आदेश समेत दिएको छ ।