ट्रेंडिंग:

>> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ >> वीरगन्जमा निषेधाज्ञा हट्यो >> बरूण धवन यो बर्ष बुवा डेभिडसहित थप ३ फिल्ममा देखिदै >> धाक धम्की दिई रकम उठाएको आरोपमा पत्रकार पक्राउ >> आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ? >> मेलमिलाप सम्बन्धी आधारभूत तालिम >> स्वेच्छाले अमेरिका छाडनेलाई पैसा देखी हवाई टिकटसम्म निःशुल्क >> आइपिएलमा मुम्बई इन्डियन्सको तेस्रो जित >> सिरहामा चट्याङ लागेर कृषकको मृत्यु >> दोश्रो गुल्मी महोत्सव तयारी पुरा >> सम्पदा दिवसः संरक्षणमा ढिलाई किन ? >> डुबान जोगाउने गुरुयोजनामा आशंका >> राप्तीको बगरमा लटरम्म तरबुजा >> राप्ती साहित्य परिषदले २४ जना स्रष्टा पुरस्कृत गर्दै >> ’ट्रान्सजेन्डर महिला’ अब बेलायतमा ‘महिला’ कोटावाट बाहिर >> शुद्धोधन गाउँपालिकाका अध्यक्ष माथि गोली प्रहार >> स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने >> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली

लायन्स क्लब बुटवल सयपत्रीद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

१ आश्विन २०८१, मंगलवार
१ आश्विन २०८१, मंगलवार

बुटवल .।

लायन्स क्लब बुटवल सयपत्रीले शान्ति प्रवद्र्धन गर्ने उद्देश्यले नविन औद्योगिक कदर बहादुर रीता माविमा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । “सीमा विहिन शान्ति” थिममा आधारित यस प्रतियोगितामा रुपन्देहीका १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा क्लब अध्यक्ष कमला बस्नेत कुँवरले नयाँ पुस्तालाई शान्ति स्थापना र रचनात्मकता विकासमा योगदान गर्न प्रेरित गर्ने लक्ष्य रहेको बताईन् । उनले विद्यार्थीहरुको सहभागिता र उत्साहलाई उच्च सम्मान गर्दै समाजमा शान्ति र सामाजिक सचेतनाको महत्व औल्याइन् ।

प्रतियोगितामा आवर पिस ल्याण्ड एकेडेमीकी छात्रा कन्चन श्रीस प्रथम, दिप बोर्डिङ स्कूलका छात्र सोमिन पिया द्वितीय, गार्गी एकेडेमीकी छात्रा अन्तिम राना तृतीय र न्यू इन्भारमेन्ट इङ्लिस बोर्डिङ स्कूलले चौथो स्थान हासिल गरे। कार्यक्रममा कालिका मावि, जनजागृति मावि, इभरेष्ट इङ्लिस बोर्डिङ स्कूल, जनज्योति मावि, न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूल, क्यानन सेकेन्डरी स्कूल, नविन स्कूल र अक्सफोर्ड इङ्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३२५ पीका गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानांग एमजेएफले लायन्स क्लबद्वारा आयोजित पिस पोष्टर कार्यक्रमको महत्वबारे चर्चा गर्दै यसले विश्वव्यापी रुपमा शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने बताए । उनले लायन्स क्लब बुटवल सयपत्रीले यो कार्यक्रम डिष्ट्रिकमै पहिलोपटक सम्पन्न गरेकोमा प्रशंसा गरे । उनका अनुसार, सहभागी विद्यार्थीहरुले चित्रकलामा शान्तिको अद्भुत प्रतिकहरु प्रस्तुत गरेका थिए, जसले समाजमा एकताको भावना जगाउँछ।

मल्टिपल मार्केटेड कोर्डिनेटर लायन अरुण प्रताप राना पिएमजेएफ, फष्ट डिष्टिक गभर्नर लायन बालाराम भट्टराई पिएमजेएफ, सिनियर डिष्टिक एडभाइजर प्रतिभा श्रेष्ठ, सिनियर डिष्ट्रिक एडभाइजर लायन सविना श्रेष्ठ, नविन स्कूलका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, निर्णायक मण्डल सदस्य मन गोल्डि, एरिया चिफ दीपक श्रेष्ठ, रिजन चियर पर्सन विष्णु उपाध्याय र कुमार तामाड लगायतले पनि कार्यक्रममा आफ्नो धारणा राखेका थिए।

कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष सृजना श्रेष्ठ, सचिव शान्ती लक्ष्मी अर्याललगायतले पनि बोलेका थिए ।

पिस पोष्टर कार्यक्रमले विद्यार्थीहरुलाई शान्ति, भाइचार र एकताको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?