© २०२३
तिलोत्तमा, ३१ भदौ ।
तिलोत्तमा व्यापार संघ रुपन्देहीले सोमबार आफ्नो ११ औं स्थापना दिवस मनाएको छ । संघले करहिया सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरी आफ्नो स्थापना दिवस मनाएको हो ।
वृक्षारोपणपछि आयोजित कार्यक्रममा बोल्दै व्यवसायीहरुले वातावरण संरक्षणका लागि र वन क्षेत्रलाई हरियाली बनाइ राख्नका लागि वृक्षारोपण अपरिहार्य रहेको बताएका थिए । उनीहरुले वन विनासले वातावरणको क्षेत्रमा नकारात्मक असर परिरहेको भन्दै सबै क्षेत्रले वातावरण संरक्षणमा भूमिका खेल्नुपर्ने बताए ।
कार्यक्रमको उदघाटन नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं संघका संस्थापक अध्यक्ष झविन्द्रप्रसाद कंडेलले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले संघले बिगतमा पनि स्थापना दिवस रचनात्मक कार्यक्रम गर्दै आइरहेको भन्दै यसवर्ष वृक्षारोपणलाई महत्व दिएर वातावरण संरक्षणमा भूमिका खेलेकोमा प्रशंसा गरे ।
उनले राज्यले उद्योग व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउनु पर्ने र वैज्ञानिक कर प्रणाली लागू गर्नुपर्ने भन्दै आर्थिक क्षेत्रमा देखिएको शिथिलताले व्यवसायीहरुमा चरम निराशा छाएको बताएका थिए ।
त्यस अवसरमा नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति एवं करहिया सामुदायिक वनका अध्यक्ष हरिलाल पाण्डे, नेकपा एमालेका तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, संघका निवर्तमान अध्यक्ष बाबुलाल भुसाल, सल्लाहकारहरु हरिप्रसाद कंडेल, हरिप्रसाद उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले संघले गर्दै आएका कार्यक्रमहरुका बारेमा र उद्योगी व्यवसायीका समस्याहरुबारे प्रकाश पारेका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी