© २०२३
बुटवल, ३१ भदौ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर २ योगीकुटी स्थायी घर भएका विवेक पन्थीले ‘ननकन्र्फरमिष्ट’ नामक पुस्तक बजारमा ल्याएका छन् । तिलोत्तमा क्याम्पसबाट विज्ञान संकायमा प्रविणताप्रमाणपत्र तह पुरा गरेका उनले आफै यो पुस्तक प्रकाशन गरेका हुन । मात्र १९ वर्षको उमेरमा, बिबेक पन्थीले विज्ञान संचार विधामा आधारित अंग्रेजी भाषाको पहिलो उपन्यास, ‘द ननकनफर्मिस्ट’ लेखेका हुन । उक्त पुस्तकमा धार्मिक अन्धविश्वास र राजनीतिक भ्रष्टाचारलाई चुनौती दिँदै सत्यको पक्षमा वकालत गरेका छन् ।
उपन्यासले नेपालको वर्तमान सांस्कृतिक परिदृश्यलाई झल्काउँछ, जहाँ प्रेम र वैज्ञानिक सोंचले अन्याय र अन्धविश्वासलाई कसरी पराजित गर्न सक्छ भन्ने देखाइएको छ । कार्ल सेगनबाट प्रेरित भएर उनले उक्त पुस्तक ‘द ननकनफर्मिस्ट’ प्रकाशन गरेका हुन । ३९९ रूपैयाँ मूल्य राखीएको यो पुस्तक अनलाईन दराज लगायतका अनलाईन प्लेटफर्मबाट किन्न सकिन्छ ।