ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

कृष्णनगर र सुठौली नाकामा कडाइ

३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार

जितपुर, ३१ भदौ ।
भारतीय बजारबाट नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचमा कडाई गर्न थालेको छ । कपिलवस्तुको कृष्णनगर र सुठौली नाकामा भारतीय बजार हुँदै नेपाल भित्रने फलफूल तथा तरकारीजन्य कृषि उपजमाथि चेकजाँचलाई कडाई गर्न थालिएको छ ।
कृषिउपजमाथि सीमामा कडाई हुन थालेपछि बर्षौदेखि उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलभाड गर्दै आएका केही व्यापारीको निदहराम हुन पुगेको हो ।

यहाँका केही व्यापारीले विचौलियाको भूमिका निर्वाह गरी भारतबाट विषादीयुक्त तरकारी तथा फलफूल नेपालमा भित्राउँदै आएका थिए ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन कार्यालय कृष्णनगरले पछिल्ला दिनमा सीमा नाकामा कडाई गर्दै आएको छ ।
कार्यालयका प्रमुख बुद्धिराम भट्टराईले भारतीय बजार हुँदै नेपाल भित्रने तरकारी तथा फलफूलजन्य कृषि उपजमाथि चेकजाँचमा कडाई गरिएको संचारकर्मिलाइ बताए ।

आफूले कानून विपरित स्वदेश भित्रने फलफूल तथा तरकारीलाई कडाई गर्न थालेपछि कतिपय व्यापारी आफ्नो चरित्रहत्या गर्न उद्दत रहेको कार्यालय प्रमुख भट्टराईले गुनासो गरे ।
केही महिना अगाडि मात्र प्लान्ट क्वारेन्टाइन कार्यालयको चेकजाँच विनै तीन ट्रक आँप नेपाल भित्राइएको थियो ।

उक्त आँपलाई प्लान्ट क्वारेन्टाइनले कानून विपरित ल्याएको भन्दै जरिवाना तिराएको थियो ।
अवैध ढंगले नेपाल भित्राइएको आँपलाई कारबाही गरेपछि सीमावर्ती केही विचौलिया व्यापारीले भट्टराईमाथि रकम असुली गरेको आरोप लगाउन थालेका छन् । भट्टराईले क्वारेन्टाइन चेक बिना ल्याएको आँपलाई ठूलै दबाबका बीच कारबाही गर्न आट गरेका थिए ।भारत हुँदै आउने तरकारी तथा फलफूलको क्वारेन्टाइन चेकजाँच प्लान्ट क्वारेनटाइन कार्यालयले हेर्दै आइरहेको छ ।पछिल्लो समय भारतीय तरकारी तथा फलफूलमा अत्यधिक विषादी हाल्ने गरेको पाइएको छ । मानव स्वास्थ्यलाई नै प्रभाव पार्ने गरी हालिने विषादीयुक्त तरकारी तथा फलफूलको सीमामा चेकजाँच कडा हुन नसकेको सरोकारवालाले गुनासो गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?