© २०२३
बुटवल, ३० भदौ । रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर राजेन्द्रमान गौचनले समुदाय लक्षित परियोजनामा जोड दिन सुझाव दिएका छन । क्लबहरु मिलेर समुदायको आवश्यकतालाई मध्येनजर गरि दीर्घकालिन परियोजनालाई अघि बढाउन उनले सुझाव दिएका हुन । रोटरी क्लब अफ बुटवल डाउनटाउनको क्लब एसेम्बली तथा डिष्ट्रिक गर्भनर भिजिट कार्यक्रममा उनले समुदायको पक्षमा केही गरौ भन्ने भावनालाई आत्मसात गर्दै रोटरीमा जोडिनुपर्ने समेत बताए । रोटरी एप्सको प्रयोग, डिष्ट्रिकको सुचनाहरु यसमा पाउन सकिन्छ ।
क्लबको सचिवालयमा भएको कार्यक्रममा क्लव एडमिनिस्ट्रेसन चेयर प्रकाश पौडेल, सर्भिस चेयर दल बहादुर क्षेत्री, मेम्बरसिप चेयर केशब बश्याल, टिआरएफ चेयर शंकर ज्ञवाली र पब्लिक ईमेजमा हेमन्त श्रीषले आ आफ्नो प्रगति विवरण पेश गरेका थिए ।
यो वर्ष धेरैभन्दा धेरै सदस्यता वृद्धिसंगै नया सदस्यलाई रोटरी अभियानमा जोड्न गरि कार्यक्रममा ध्यान दिएको क्लबका अध्यक्ष शिव ज्ञवालीले बनाए । रोटरी फोकस एरियामा रहेर विभिन्न समुदायमा काम गर्दै आएको उनले बताए । सिग्नेचर प्रोजेक्ट अन्तरगत सचिवालय परिसरमा रहेको रोटरी गार्डेन ब्यवस्थापन गर्दै आएको उनले बताए । जहा रोटरी प्रतीक समेत राखिएको छ । कुनै पनि अभियानलाई अघि बढाउदा क्लबका सदस्य सन्तुष्टि सर्भे तयार गरेर नै बाड्ने र त्यसै अनुसार कार्यक्रमहरु लैजाने गरेको उनले बताए ।
कार्यक्रममा डिष्ट्रिकका सचिव अशोकनाथ प्याकुरेलले यस क्षेत्रमा नै नया र नमुना कामका कारण क्लब आफना पहिचान बनाउन सफल भएको बताए । क्लबका प्रेसिडेन्ट ईलेक्ट बाबुराम बन्जाडेले विगतबाट गरिएको कामलाई समयसापेक्ष निरन्तरता दिदा सफलता मिल्दै गएको बताए । क्लबमा सबै सदस्यहरु आफनो जिम्मेवारीप्रति वफादार हुदा त्यसको प्रभाव कार्य प्रगतिमा देखिएको उनले बताए ।