© २०२३
चन्द्रौटा ( कपिलवस्तु), ३० भदौ ।
मेरुदण्डीय पक्षघात समूह नेपाल कपिलवस्तुको अध्यक्षमा पुनः खुमराज घिमिरे चयन भएको छन् । तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट समूहको अधिवेशनले शनिबार उनलाई नेतृत्वमा चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा फर्सुराम खनाल चयन भएका छन् भने सचिवमा राधेश्याम थारु रहेका छन् । सह सचिबमा बसु थारु कोषाध्यक्षः बिनोद रोकासहित ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयनभएको समूहले जनाएको छ ।
यसैबीच शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले स्थानीय र सम्बन्धित निकायले समेत अपाङ्गता भएका नागरिकहरु सार्वजनिक स्थलसम्म पुग्ने संरचना निर्माण गर्न नसकेको स्वीकार गरे । आगामी दिनमा हरेक तवरले सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए ।
घर, सार्वजनिक शौचालय, बैंक वित्तीय संस्था लगायत संरचना अपांगमैत्री निर्माण गर्न आग्रह गर्दै मनोबल उच्च पार्ने काम गर्न आवश्यक रहेको भन्दै माधब घिमिरे , चुडामणी आचार्य, रुद्र लाल बेल्बासेले सम्बोधन गरेका थिए ।