ट्रेंडिंग:

>> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता

लुम्बिनीमा अपाङ्गता निर्देशक समिति बनाइने

३० भाद्र २०८१, आईतवार
३० भाद्र २०८१, आईतवार

लमही, ३० भदौ ।

लुम्बिनी प्रदेशमा अपांगता निर्देशक समिति बनाइने भएको छ । सामाजिक विकास मन्त्रालय मार्फत प्रदेश अपांगता निर्देशक समिति बनाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताए । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री आचार्यले प्रदेश निर्देशक समिति बनाउने प्रक्रिया थालनी गर्ने प्रतिबद्धता जनाए । ‘यहाँहरुले उठाएका माग र समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ । निर्देशक समिति बनाउने र अन्य संरचनागत सुधार गर्न पनि प्रदेश सरकार तयार छ’ मुख्यमन्त्री आचार्यले भने ‘अपांगता भएका व्यक्तिहरुका हक अधिकार सुनिश्चित गर्न नीतिगत सुधार गर्छौं ।’

अपांगता भएका व्यक्तिहरुको अधिकार सम्वन्धी ऐन २०७४ को दफा ४१ अनुसार प्रदेशहरुले प्रदेश समन्वय समिति अर्थात प्रदेश निर्देशक समिति गठन गर्ने अधिकार दिएको छ । तर, लुम्बिनीमा निर्देशक समिति नबनेको र अव सरकारले बनाउनुपर्ने राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशले माग राखेको छ ।

अपाङ्गता भएका व्यक्तिहरुका क्षेत्रमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मार्गदर्शन, वार्षिक कार्ययोजनाको स्वीकृत प्रदान, कार्यक्रम सम्बन्धी वार्षिक, अर्धवार्षिक समीक्षा कार्यक्रमहरुमा सहभागी हुने र प्रतिवेदनहरु स्वीकृत गर्ने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यकता अनुसार अनुगमन गर्ने लगायतका भूमिका र जिम्मेवारी निर्देशक समितिको रहने छ ।

यस्तै अपांगता भएका व्यक्तिहरु सूचनाको अधिकारबाट बञ्चित भएकाले तत्काल प्रदेश सभामा दोभाषेको नियुक्त गर्न माग राखिएको छ । प्रदेश परिसर भित्र निर्माण सम्पन्न भएका र निर्माणाधिन भवनहरु, सडक पेटी, पार्किङ स्थलहरु पहुँचयुक्त अपांगता मैत्री बनाउनुपर्ने, अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सर्वेक्षण गरी समस्या समाधानको लागि कार्ययोजना निर्माण गर्न, मुख्यमन्त्री कार्यालय मातहतमा रहने गरी अपांगता व्यवस्थापन तथा सूचना शाखाको स्थापना गर्न माग राखिएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ अधिकारीले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गरेर प्रदेश सरकारले कार्यक्रम बनाउन माग राखे । अपांगता भएका व्यक्तिहरु अहिले पनि पछाडी परेको भन्दै राज्यको मूल धारमा ल्याउने गरी ध्यान दिन आग्रह गरे ।

अपांगता भएका व्यक्तिहरु अपांगता भएकै कारणले घरपरिवार, समुदाय र समाजमा भेदभाव, दुव्र्यवहार, हिंसा लगायत सामाजिक अपमान भोग्नुपरेको, व्यक्तिगत आवश्यकताको आधारमा शिक्षाको मौलिक हक अधिकारबाट बञ्चित हुनुपरेको, गुणस्तरीय र पहुँचयुक्त स्वास्थ्य सेवाको अभावले अकालमा ज्याउन गुमाउनुपरेको, पहुँचयुक्त भौतिक संरचना अपांगता मैत्री नहुनु, संचार सेवाबाट बञ्चित भई सहभागिता र राज्यबाट प्राप्त गर्ने सेवा सुविधाहरुबाट बञ्चित हुनुपरेको, अपांगता भएका व्यक्तिहरुको सिप क्षमताको प्रयोग र सम्मान नगर्नाले परिवारमा आश्रित जिवन विताउनु परेको, सामाजिक तथा सांस्कृतिक सहभागिताबाट बञ्चित हुनुपरेको, निर्णयात्मक जिम्मेवारीबाट बञ्चित हुनुपरेको, राज्यको नीति निर्माण तहमा सहभागी हुन नपाएको, सामाजिक न्यायमा पहुँच स्थापना हुन नसकेको जस्ता समस्याहरु अवगत गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%