© २०२३
दाङ, २९ भदौ ।
दोस्रो अन्तर विद्यालय नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८१ मा सिद्धार्थ एकेडेमी च्याम्पियन भएको छ ।
घोराही उपमहानगरपालिका नगरस्तरीय खेलकुद विकास समितिको आयोजनामा शुक्रबार घोराही १४ स्थित कभर्ड हलमा शनिबार भएको फाईनलमा सिद्धार्थ एकेडेमीले
२ स्वर्ण, २ कास्य पदक जित्दै प्रतियोगिता च्याम्पियन भएको हाे ।
यसैगरी, १ स्वर्ण १ रजत र २ कास्यसहित जनज्योति द्वितीय हुँदा १ स्वर्ण र १ रजतसहित पद्माेदय तृतीय भएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी छात्रातर्फ लिटिल एञ्जलकी सुप्रिया राेका र छात्रतर्फ जनज्योति विद्यामन्दिरका रञ्जित पुन भइन । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियाे ।
नगर खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र पुनकाे अध्यक्षता तथा घाेराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पाैडेलले प्रमाणपत्र बितरण गरेका थिए ।खेलमा सिंगल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारीले २-० काे साेझाे सेटमा पद्माेदय पब्लिक नमुना माविका राजीव रेग्मीलाई हराइन ।
छात्रातर्फ जनज्योति विद्यामन्दिरकि लिला मल्ल २-० काे साेझाे सेटमा लिटिल एञ्जलकी सुप्रिया राेकालाई हराइन ।
यसैगरी ब्याडमिन्टनकाे डबल ईभेन्टमा छात्रतर्फ सिद्धार्थ एकेडेमीका खगेन्द्र भण्डारी र समीर चाैधरीले जनज्योति विद्यामन्दिरका जनज्योति विद्यामन्दिरका अाभाष घर्ती र रञ्जित पुनलाई २-१ काे सेटमा गराए ।
प्रतियोगिता अन्तरगत डबल ईभेन्टमा छात्रातर्फ पद्माेदय पब्लिक नमुना माविका सुस्मिता वली र विजया पाठकले लिटिल एञ्जल स्कुलका चेतना घर्ती र सुप्रिया राेकालाई २-० काे साेझाे सेटमा हराइन ।
प्रतियोगितामा पालिकाभित्रका ६ विद्यालयले भाग लिएका थिए । पालिकामा रहेका जनज्योति विद्यामन्दिर, सिद्धार्थ एकेडेमी, पद्मोदय पब्लिक नमुना मावि, नेपाल पुलिस स्कुल, लिटिल एञ्जल स्कुल र शान्ति सुधा माविका विद्यार्थीले भाग लिएका हुन् । प्रतियोगितामा कुल १८ वटा खेल भएको थियाे । प्रतियोगिताकाे अम्पायरमा बालकृष्ण शाह, सञ्जिव श्रेष्ठ र सुनिल घिमिरे रहेका थिए ।।।