ट्रेंडिंग:

>> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह : नारायणगढ–बुटवल सडक यात्रा गर्नुस्

२८ भाद्र २०८१, शुक्रबार
२८ भाद्र २०८१, शुक्रबार

सुनवल, २८ भदौ ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नारायणगढ–बुटवल सडक खण्डमा यात्रा गर्न आग्रह गरेका छन् । शुक्रवार पश्चिम नवलपरासीको प्रतापपुरमा हुलाकी सडक निर्माण पूरा गर्न माग गर्दै गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले सुरु गरेको आमरण अनसनमा सहभागी हुन आएका महामन्त्री थापाले प्रधानमन्त्री सहित सिंगो मन्त्रिपरिषदका सदस्यहरुलाई सडक यात्रामा निस्किन आग्रह गरे ।

देशभर मुख्य राजमार्ग, हुलाकी सडकको अवस्था दयनीय रहेको भन्दै उनले सरकारले छिटो भन्दा छिटो समस्याको समाधान गर्नुपर्ने बताउँदै मन्त्रिपरिषदका सबै सदस्य लिएर प्रधानमन्त्रीले वास्तविक पिडा बुझ्न सडक यात्रा गर्नुपर्ने बताए ।

महामन्त्री थापाले देशभरका सडक आयोजना अस्तव्यस्त हुनुमा बजेट विनियोजनमा लापरवाही भएको बताएका छन् । प्रर्याप्त बजेट विनियोजन नहुने, ठेकेदारले काम नगर्ने, नियमन प्रभावकारी नहुने जस्ता गलत प्रवृत्ति कायम रहे दशकौँ पछि पनि सडक आयोजना सम्पन्न नहुने दाबी गरे ।

नवलपरासीको प्रतापपुर गोपिगंजदेखि बेलाटारी सम्मको हुलाकी सडकको काम लामो समय भइसक्दा पनि अलपत्र भएपछि गाउँपालिका अध्यक्ष यादवले शुक्रवार देखि आमरण अनसन सुरु गरेका हुन् । पटक पटक ठेकेदार सहित नियामक निकाय संघीय सरकार मातहतका हुलाकी राजमार्ग योजना कार्यालय संग पनि सडक निर्माण तत्काल सक्ने लिखित प्रतिवद्धता गरेपनि कार्यान्वयन नभएको भन्दै दुई दिन रिले अनसन बसेका जनप्रतिनिधि शुक्रवार देखि आमरण अनसनमा बसेका हुन् ।

नवलपरासीमा तीन खण्डमा विभाजन गरेर १ अर्ब १ करोडको लागतमा हुलाकी सडक विस्तारको काम भईरहेको छ, तिनवटै खण्डको काम निकै सुस्त रहेको छ । यसैबिच सडक नबनेपछि अध्यक्ष यादवले आज देखि सुरु भएको अनसन सडक तत्काल बन्ने सुनिश्चितता नहुदा सम्म जारी रहने बताए । तर सडक तत्काल बन्ने सम्भावना भने छैन । सडक निर्माणको जिम्मा पाएको महालक्ष्मी बज्र जेभिले उक्त सडक निर्माण गर्न नसक्ने भएपछि कम्पनी नै विक्री गर्ने तयारी गरेको बताइएको छ । यसैबिच बिहीबार सडक निर्माण तत्काल सुरु गर्न माग गर्दै स्थानीयले केहीबेर सेमरीमा सडक समेत अवरुद्ध गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?