दाङ,२५ भदौ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समाज रुपान्तरणका लागि मिडिया क्षेत्रबाट निरन्तर खबरदारी गर्न आह्वान गर्नु भएको छ । उनले पत्रकारले तथ्यमा आधारित भएर समाचार लेख्नुपर्ने बताए । उनले पारदर्शीता, जवाफदेहीता र भ्रष्टाचार नियन्त्रणका लागी मिडिया क्षेत्रबाट खबरदारी गर्न आह्वान गरे ।
नेपाल पत्रकार महासंघ दाङ शाखाकाे आयाेजनामा मंगलबार घाेराहीमा मिडिया मन्थन पुस्तककाे विमाेचन समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले तथ्यमा आधारित भएर सुधारका लागि आलाेचना गर्न आह्वान गरेका छन् ।`सरकार सच्चिन चाहन्छ । कमीकमजोरी सच्याएर अगाडी बढने भएका कारण तथ्यमा आधारित भएर आलाेचना गर्नुस । हामी सच्चिन तयार छाैं´उनले भने-`आलाेचना गर्न नडराउनुस, म सच्चिन चाहन्छु, सकिन चाहदैन । यहाँहरुले गर्ने तथ्यमा आधारित आलाेचनाबाट सच्चिएर अघि बढ्छाैं ।´ मुख्यमन्त्री आचार्यलेले नियतमा खाेट नभएकाे, कमिकमजाेरी भए सच्च्याउन तयार रहेकाे स्पष्ट पारे ।
राजनीतिक स्थायित्व कायम गर्न, आर्थिक अवस्था सुधार गर्न संयुक्त सरकार बनेकाे र वर्तमान सरकारले जनतामा आशा जगाउन मुख्यमन्त्री र मन्त्रीका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न आचारसंहिताकाे बन्धनमा राखिएको स्पष्ट पारे । `मुख्यमन्त्री र मन्त्रीलाई आचारसंहिता लागू गरेका छाैं । याे आचारसंहिताले मुख्यमन्त्री र मन्त्रीकाे नाममा हुने फजुल खर्च नियन्त्रण गर्छ´उनले भने-´जिल्ला भ्रमणकाे क्रममा हुने हाेटलकाे खर्चकाे बिल सरकारले भुक्तानी गर्दैन । अनावश्यक खर्चलाई नियन्त्रण गर्न हामी प्रतिबद्ध छाैं ।´ पूर्व बिशिस्ट व्यक्तिकाे नाममा सरकारकाे ढुकुटीबाट सेवा सुविधा दिने निर्णय फिर्ता गरेर जनतामा आशा जगाउने काम सरकारले गरेकाे उनको भनाइ छ ।
`पदबहाली गरेकाे ४७ दिन भयाे । सरकारले याे अवधिमा सुशासन, पारदर्शीकाे क्षेत्रमा केही महत्त्वपूर्ण कामहरु अघि बढाएका छाैं´उनले भने-´सरकारले जनतामा आशा जगाउन काम थालेकाे छ । यहाँहरुकाे सहयाेगकाे खाँचाे छ । ´उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्याैपानेले विश्वसनीय सूचना र समाचार प्रवाहमा ध्यान दिन आग्रह गरेका छन् ।`पत्रकारीतामा नयाँ आयाम थप्ने काम भएको बताए । विश्वसनिय सूचना र समाचारकाे अभाव हुन थाल्यो । एकतर्फी सूचनाले भ्रम छर्ने गरेकाे छ´उनले भने -´समाज रुपान्तरणकाे लागि मिडिया क्षेत्रकाे भूमिका महत्त्वपूर्ण छ ।
मन्त्री न्याैपानेले प्रदेशले गरेका राम्रा याेजना र कामहरुकाे प्रचारप्रसार बढाउनुपर्ने,राम्रा कामकाे प्रचार गरेर अघि बढ्नुपर्ने बताए । संघियताकाे मर्म अनुसार प्रदेश सरकारले काम गरेकाे भन्दै आम जनताकाे दिनचर्या सहज बनाउनेगरी मिडियाबाट खबरदारी गर्न आग्रह गरे । तीन तहकाे सरकारकाे विचमा प्रभावकारी समन्वयका लागि तयार हुनुपर्ने, समग्र प्रदेशकाे विकासकाे लागि सहकार्य जरुरी रहेकाे स्पष्ट पार्नु पारे । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, घाेराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, नेपाल पत्रकार महासंघका संस्थापक टिकाराम रेग्मी, प्रेस स्वतन्त्रता सेनानी सुशील गाैतम, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन, नेपाल संस्कृति विश्व विद्यालयका रजिस्ट्रार माधव अधिकारी, राप्ती स्वास्थ्य विज्ञापन प्रतिस्ठानका उपकुलपति डाक्टर बिकास लामिछाने , तुलसीपुर उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष देवबहादुर केसी, राप्ती साहित्य परिषदका अध्यक्ष टिकाराम उदासी,नेकपा एमाले दाङका उपाध्यक्ष मनाेहर बुढाथोकी, नेपाली कांग्रेस दाङका काेषाध्यक्ष प्रकाश सुवेदी, नेकपा माअाेवादी केन्द्रका सचिव विश्वराज आचार्य लगायतले समाजलाई सहि दिशा प्रदान गर्न मिडियाकाे भूमिका महत्त्वपूर्ण रहेकाेमा जाेड दिएका छन् ।