© २०२३
भैरहवा, ६ असोज ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले कार्यविधि मिचेर पत्रकारलाई पुरस्कृत गरेको छ । वार्षिक साधारण सभाका अवसरमा आइतबार पत्रकार प्रतिक पौडेललाई कार्यविधि विपरित सिद्धार्थ श्रमजिवी पत्रकारिता पुरस्कार–०७८ बाट पुस्कृत गरेको हो ।
१५ भदौ ०७९ मा नेपाल पत्रकार महासंघ रुपन्देहीले चलानी नम्बर ९ बाट पुरस्कार वितरणको लागि प्रकाशन तथा प्रसारण भएको सामाचर सामग्रीसहित २२ भदौसम्म उपलब्ध गराउन आह्वान गरेको थियो । सूचनामा पत्रकार महासंघ रुपन्देहीमा आवद्ध भई पत्रकारिता गरेको पाँच वर्ष पुगेको हुनु पर्ने मापदण्ड उल्लेख छ । तर ०७७ मा सदस्यता लिएका पौडेललाई मापदण्डविपरित पुरस्कृत गरिएको छ ।
महासंघ रुपन्देहीले गठन गरेको मुल्यांकन समितिको निर्णयअनुसार उनलाई पुरस्कृत गरेको हो । पुरस्कार स्थापना गर्ने संस्था सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो ।
त्यस्तै, बुटवल पब्लिक स्कुलद्वारा स्थापित उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पनि नयाँ सदस्य पूजा पन्थीलाई प्रदान गरिएको छ । पन्थीलाई बुटवल पब्लिक स्कूलका प्राचार्य हेमलाल शर्मा, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको रोहवरमा पुरस्कार वितरण गरेको हो । पन्थी पनि महासंघको सदस्य भएको पाँच वर्ष पुगेको छैन ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सुशासनको कुरा गर्ने संस्थाले सूचना विपरित पुरस्कार वितरण गर्नु गलत रहेको बताए । उनले यो नजिर बन्न सक्छ भन्दै कार्यविधिमै पुरस्कार वितरण गर्नु पर्ने, कार्यविधि नभए बनाउनु पर्ने बताए ।
सूचनाअनुसार कार्यालयमा माग अनुसारको निवेदन पेश नभएको हकमा थप सूचना प्रकाशित गर्नु पर्ने हुन्छ । एकै पटक मात्रै सूचना प्रकाशित गरिएको यी पुस्कार नयाँ सदस्यलाई दिएको छ जुन सूचनाविपरित छ । मुल्यांकन समितिको संयोजक तथा महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले एक जना मात्रैको निवेदन परेकोले पौडेललाई वितरण गरिएको बताए । न्युज कारखाना
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी