ट्रेंडिंग:

>> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त

सिमामा एकीकृत चेकजाँच प्रणालीको माग गर्दै ज्ञापन

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

कपिलवस्तु, १७ भदौ ।

कपिलवस्तु जिल्लाको भारतसँग सिमाना जोडिएका मर्यादपुर र कृष्णनगर नाकामा भारतीय धार्मिक पर्यटकलाई लक्षित गरी एकीकृत चेक जाँच प्रणाली लागु गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष दिनेश हमाल, साझा प्रयास अभियानका अध्यक्ष रविन्द्रनाथ ठाकुर, काँग्रेस कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खाँ, काँग्रेस यशोधरा गाउँपालिका सभापति जगदिश पाण्डेय, क्षेत्रिय कोषाध्यक्ष रमेश मिश्राको टोलीले प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको हो ।

प्रजिअ अर्याललाई बुझाईएको ज्ञापनपत्रमा कपिलवस्तुको मर्यादपुर र कृष्णनगर नाकाबाट लुम्बिनी, तिलौराकोट, स्वर्गदवारी, सुपा देउराली र सिद्धबाबा दर्शनका लागि ठुलो संख्याका भारतीय पर्यटक आउने गरेको उल्लेख छ ।

त्यसरी आउने पर्यटकले चेकजाँचको नाममा दुखः बेहोर्नु पर्दा अर्को पटक नआउने र अरुलाई पनि सोही सूचना दिँदा भारतीय धार्मिक पर्यटकको संख्या घट्ने गरेको उल्लेख छ । यिनै समस्यालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सुनौली र ककरहवा नाकामा एकीकृत चेकजाँच प्रणालीको सेवा दिएको ज्ञापनपत्रमा प्रष्ट्याईएको छ ।

सो प्रणाली लागु गरेको नाकामा भन्सार र पटके सुविधा एकै स्थानमा दिनुका साथै सुरक्षा निकायले एकीकृत चेक जाँच गरी सवारी साधनमा पहेलो स्टिकर टाँसीसकेपछि अन्य स्थानमा चेकजाँच नहुने हँुदँ पर्यटकलाई सहजता हुने गरेको देखिएकाले कपिलवस्तुका दुवै सिमा नाकामा सो सेवा लागु गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको हो । ज्ञापनपत्र बुझ्दै प्रजिअ अर्यालले एकीकृत चेकजाँच प्रणाली लागु गर्नका लागि यसअघि नै प्रदेशमा पत्राचार गरेको जनाए । पटके सेवा उपलब्ध गराउने जनशक्तिको व्यवस्थापन गर्ने गरी आफुले प्रदेश मुख्यसचिवसँग निरन्तर पहल गर्दै आएको प्रजिअ अर्यालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?