ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने
(प्रेरक ब्यक्तित्व)

फिल्मी दुनियाँमा रमाउने मनीष

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

मिहिनेती मनिष पन्थको खास नाम मनिराम हो । धेरैले उनलाई मनिष भनेर नै चिन्छन् जान्छन् । १८ वर्षकै कलिलै उमेरमा फिल्म क्षेत्रमा पाइला चाल्न थालेका हुन् उनले । बहुआयामिक मनिषलाई फिल्म क्षेत्रकै कान्छो छायाँकार, फुच्चे निर्देशक, लेखक अनि फोटोग्राफरको रूपमा समेत धेरैले चिन्दछन् । उनको परिचयको फेहरिस्त लामो छ ।

मनिषले वास्तविकता, बाल अधिकार ,पराइकी चेली, आफन्तको माया, रिक्सावाला न्यायदाता, वल्र्डकप इन नेपाल र भोजपुरी फिल्म दहेज चाँही दहेजको समेत सफल छायाँकन गरिसकेका छन् । यसैगरी के नाता होला र मेरो साथीमा पनि उनकै छायाँकन रहेको छ । फिल्म औंठाछापमा भने उनले स्थीर छायाँकन गरेका थिए ।

यसैगरी नरसिंह भण्डारीको जीवन कथामा आधारित नरसिंह, तिनाउ नदीको किनार, लुकेको स्वर्ग गुल्मी, अन्र्टाकटिकामा नेपाली माटो जस्ता वृत्तचित्रको समेत छायाँकन तथा निर्देशन गर्न भ्याएका छन् । जीवराज आश्रितको जीवनकथामा आधारित जिउँदा जीवराज वृत्तचित्रको छायाँकन, निर्देशन र सम्पादन उनैले गरेका हुन् । शारीरिक रूपमा होचा कदका मनिष फिल्मी कर्मले सगरमाथा जस्तै अग्लिदै छन् र अग्लीरहेका छन् ।

मनिषको रुचीको क्षेत्र फराकिलो बन्दै गएको छ । उनले छायाँकनका साथै निर्देशन समेत गरेका छन् । कस्तो समर्पण, हाम्री चेली, दर्जनौं प्रचार सामग्री, म्यूजिक भिडियो, नेपालका प्रख्यात धार्मिक, ऐहिासिक एवम् पर्यटकीय क्षेत्रहरूको वृत्तचित्रहरू छायाँकन तथा निर्देशन गरिसकेका उनले राष्ट्रकवि माधव प्रसाद घिमिरे र संगीतकार अम्बर गुरुङको जीवन कथामा आधारित जीवनवृत्तको समेत छायाँकन गरिरहेका छन् । मनिषलाई फिल्मी दुनियाँसँगै वृत्तचित्रले पनि नयाँरूपमा परिचित गराएको छ ।

पहिलोपटक तत्कालीन नारायणहिटी राजदरवारमा फिल्म छायाँकन, निर्देशन गरी तहल्का पिटेका मनिषले आफैले लेखेको फिल्म थियो जिन्दगानी दर्पणछायाँ । खासगरी त्यो फिल्म नै उनको लागि फिल्मी क्षेत्रमा कोसेढुङ्गो सावित भयो । फिल्मले नाम र दाम कमायो । परिचयको दायरा पनि फराकिलो बनाउन उनलाई सहयोग गरेको थियो । मनिषले युवा पुस्ताका लागि अत्यधिक मनपर्ने फिल्म बनाएका थिए डिभोर्स । त्यसमापनि उनको लेखन, छायाँकन तथा निर्देशन रहेको छ । यस्तै लेखन तथा निर्देशन समेत रहेको छ उर्वशी फिल्ममा पनि मनीषको । फिल्म उनको सर्वाधिक रुचीको विषय रहेको उनले बताउँदै आएका छन् । फिल्म उनको दिव्य सपना हो । फिल्ममा उनले नयाँपन र नयाँ नयाँ कलाकार खोज्छन् । नयाँ कलाकारहरूको प्रवेशले कलाकार जन्माउनमा नयाँ भूमिका खेलेका छन् । नयाँ नयाँ छायाँकन स्थलहरू रोज्छन् । अरूभन्दा फरक देखिनु वा फरक विकल्प खोज्नु मनिषको विशेषता नै हो । उनले छायाँकन, निर्देशन र लेखन गरेका फिल्महरूले बजार तताएका छन् । हलसम्म दर्शकहरूलाई ल्याएका छन् । मनिष यतिले मात्र सन्तुष्ट छैनन् । उनमा फरक विषयवस्तु, फरक सोंच र शैलीले मस्तिष्कमा काउकुती लगाईरहन्छन् र त सबैका अघि फरक भएर उभिएका छन् । फरकपना नै उनको नौलो परिचय हो ।

कवि दलबहादुर गुरुङको बहुचर्चित रेक्सा कवितालाई नेपालमै पहिलोपटक, पटकथा तयार पारेर छायाँकन तथा निर्देशन गरी मनिषले आफूलाई फरक ब्यक्तित्वका रूपमा दर्ज गराएका छन् । यसैगरी उनले टेली श्रृङ्खला क्रिस कान्छाको छायाँकन तथा निर्देशन गरी सबैको वाही ! वाही ! बटुलेका थिए कुनैबेला । पछिल्लो समयमा उनले देखियो नि ! साप्ताहिक टेलीश्रृङ्खला तयार गरिरहेका छन् बुटवलमा बसेर । फोटो कलाकारिताबाट बामे सरेका मनिषमा सिर्जनशीलता छ, केही गर्ने अठोट छ, चाहना छ र त उनी अघि बढिरहेका छन् निरन्तर । यसैका परिणाम हुन् यी सबै । यतिबेला उनी लुम्बिनी फोटोग्राफर संघ रूपन्देहीका निर्वतमान अध्यक्ष हुन् । आफ्ना साथीहरूलाई फोटोग्राफीका माध्यमबाट गरिखाने बनाउने कार्यमा तल्लीन छन् । सोही संघका तर्फबाट सामाजिक सेवामा सक्रिय छन् । उनी मनकारी समेत छन् । सबैसँग हातेमालो गरी अघि बढ्दै आएका छन् । मुसुक्क हाँस्छन् । थोरै बोल्छन् । आफ्नो प्रतिभा र पहिचान बोलेर हैन, फोटो र भिडियोकलामा देखाउँछन् ।

उमेरले काम र कामले उमेरसँग कुनै क्षेत्रमा तादम्यता राख्ला तर मनिषको जीवनमा यो कुरा गौड बनेर आयो । फिल्म क्षेत्रमा लागेर सोंचे जस्तो दाम कमाउन नसके पनि नाम भने मनग्य कमाए । उनका साथीहरू देश परदेशमा रहेर प्रशस्तै पैसा कमाएपनि नामको दृष्टिकोणले शून्य प्रायः छन् उनको दाँजोमा । पुष्कर र पदमकुमारी आफ्ना जेठा सुपुत्र मनिषको प्रख्यातीले मख्ख र दङ्ग छन् । उनीहरू भन्छन् –सबै कुरा पैसामात्र होइन । समय आएपछि पैसाले पनि पिछा गर्ला नि ! बाबा पुष्करले भन्दैथिए । रूपन्देही तिलोत्तमा नगरपालिकाको शंकरनगरमा बस्दै आएका मनिषले हिजोआज फिल्मी क्षेत्रलाई जीवन्त बनाउँदै लगेका छन् ।

विभिन्न खालका पुरस्कार, सम्मानबाट पुरस्कृत तथा सम्मानित मनिष यसबाट अघि बढ्ने प्रेरणा मिल्ने गरेको बताउँछन् । जीवनभर फिल्मी क्षेत्रमा समर्पित हुने संकल्प बोकेका मनिष सबैका लागि फरक र प्रेरक ब्यक्तित्व हुन् । उनीबाट सिक्नुपर्ने कुरा धेरै र त्याग्नुपर्ने कुरा अति नै थोरै होलान् । केन्द्रीय राजधानीभन्दा बाहिर बुटवलमा बसेर चर्चा र ख्याति कमाएका उनले जीवनमा फिल्मबाट संसार बदल्न सकिने संकल्प बोकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?