ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

संस्कृति संरक्षणमा विद्यार्थीको रोपाईं जात्रा

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

बुटवल, ११ भदौ ।

संस्कार, भाषा, संस्कृति र परम्परालाई पुस्तान्तरण जरुरी छ । अहिलेका धेरै नयाँ पुस्ता आफ्नो भाषा जान्दैनन् । उनीहरु संस्कृति र संस्कार समेत भुलेका छन् । यस्तोमा बुटवल माध्यमिक विद्यालयका विद्यार्थीहरुले भने रोपाई जात्रा प्रदर्शन गरेर संस्कृति संरक्षणको अभियान थालेका छन् ।

पुरानो बटौलीमा मनाईदै आएको रोपाई जात्रालाई दोस्रो वर्ष विद्यार्थीहरुले मनाए । ‘कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा रोपाई जात्रा प्रदर्शन गरे । केही विद्यार्थी हलगोरु बने, केही किसान, केही खेताला बनेर बाजा गाजाका साथ असारे गीत गाउँदै र नाँच्दै रमाईलो मनाए । असारमा धान रोपाई सकेपछि नेवार संस्कृतिबाट रोपाई जात्रा मनाईने पर्व मानिन्छ । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाइन्छ । यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने, गाउने गरिन्छ । विभिन्न हाउभाउमा विद्यार्थीहरु धानको बीउ बोक्ने, रोप्ने हल लिने, बाजा बजाउदै आफ्नो कला प्रस्तुत गर्दा निक्कै मनमोहक देखिए ।

केही वर्ष अघिसम्म स्थानीय सरकार र सामाजिक संघसंस्थाहरुको अगवाईमा यो जात्रा गरिदै आएकोमा अहिले त्यो राकिएको छ । यस्तोमा विद्यालय मौलिक कला संस्कृति जगेर्नामा लागेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधव प्रधानले बताए । विद्यालय सांस्कृतिक प्लेटफर्म दिने उपयुक्त स्थल भएको तर्क दिंदै उनले समुदायमा लग्ने गरी कार्यक्रम गरिएको बताए ।

रोपाईं जात्रा ठाउँ विशेष अनुसार मनाउने प्रचलन फरक छ । कर्णाली क्षेत्रमा रोपाईलाई चोपाइ अर्थात डुबाउने भन्ने बुझाउँछ । यहाँ चोपाइ एक प्रथाको रुपमा लिईन्छ । चोपाइ प्रथामा रोपाईं जात्रा जस्तै गरी मनाइन्छ । जुम्ला जिल्लामा जसको घरमा विवाह वा छोरा जन्मिन्छ त्यस घरमा चोपाइ अथवा रोपाईंजात्रा गर्ने प्रचलन रहेको छ । चोपाइ गराउने व्यक्तिले आफ्नो खेतको रोपाईंको दिन गाउँका सबै मान्छेलाई निम्तो दिन्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारे गीत गाउँछन् । यसरी चोपाइको आमन्त्रण पाएपछि गाउँका तन्नेरीहरूले दुलाहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउँछन् । प्रायः रोपाईं जात्रामा रोपाईंको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबैतिर प्रचलन छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य गौतमलाल शाक्यले बटौलीलाई पर्यटकीय पहिचान बनाउन यहाँका कला संस्कृति संरक्षणमा सबै लाग्नुपर्ने बताए । कुनै बेला बटौली संरक्षण तथा सम्बद्र्धन समितिमार्फत धेरै कार्यक्रम हुँदै आएकोमा पछिल्लो समय गतिविधि कम हुनु दुःखद भएको उनले बताए । पारी बुटवलको इतिहासलाई संरक्षण गर्दै प्रचार र पर्यटन प्रवर्द्धनमा टेवा दिने गरी सामूहिक रुपमा कार्यक्रमलाई निरन्तरता दिने गरी एकिकृत योजना ल्याउनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, शिक्षा शाखा विष्णुप्रसाद बेल्बासे, वडा नं. १ का वडासदस्य निलम गौतमले यस क्षेत्रका विद्यालयहरु विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरी रचनात्मक काममा अघि बढ्नु सकारात्मक भएको भन्दै आगामी दिनमा स्थानिय पालिकाबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बुटवल माबिका प्रधानाध्यापक होम बहादुर रायमाझीले विगत वर्षदेखि शुरु गरेको रोपाई जात्रालाई आफुहरुले निरन्तरता दिएको बताए । कार्यक्रमलाई थप वृहत र समुदायस्तरमा लग्ने योजना भएपनि आर्थिक कारणबाट विद्यालय परिसरमा खुम्चिनुपरेको दुखेसो गरे । विद्यालयको आन्तरिक श्रोत र केही दाताहरुको सहयोगबाट कार्यक्रम गरेको भन्दै आगामी दिनमा थप ब्यवस्थित गर्ने उनले प्रतिवद्धता जनाए । भौतिक र शैक्षिक गुणस्तरमा पछि परेको विद्यालय पछिल्लोसमय ब्यवस्थापन समितिबाट नयाँ नयाँ योजनाहरु ल्याउँदा थप प्रभावकारी भएको छ । यसले विद्यालयमा आकर्षण समेत बढेको छ । हाल नर्सरीदेखि प्लस टुसम्म करिब ५ सय विद्यार्थीहरु अध्ययरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?