© २०२३
दाङ,११ भदौ।
दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । घरछेउमा रहेको गोठको छानामा फलेको तरकारी टिप्ने क्रममा मंगलवार विहान करेन्ट लाग्दा घोराही उपमहानगरपालिका–१२ डाडागाउँका ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्नका लागि चढेको समयमा नजिकै रहेको सप्लाई तारले छुदा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।
मृतकलाई पोस्टमाट्मका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ ।