© २०२३
नवलपरासी, ११ भदौ ।
जिल्ला स्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालले बीमा वापत सेवा दिँदै आएको र बीमा रकम आउन ढिलाई हुँदा अस्पताल सञ्चालनमा समस्या देखिएको छ । बीमा रकमका लागि पटक पटक बीमा कार्यालयलाई जानकारी गराउँदा समेत रकम आउन नसक्दा समस्या देखिएको अस्पतालका सुचना अधिकारी गोबिन्द बहादुर ज्ञवालीले बताए । विगत देखी पनि बीमाको रकम आउन बाँकी थियो, उनले भने, अहिले पनि बीमा सेवामा खर्च हुने रकम बढदै गएको छ । विगतकै रकम तिर्न नसक्ने बीमा बोर्डले अहिले झन शल्यक्रियाको सीमा १६ हजारबाट वृद्धि गरि २५ हजार पु¥याएको उनको भनाइ थियो । सरकारी अस्पतालमा थोरै रकमले शल्यक्रिया हुने गरेको थियो । तर अहिले सिमा वृद्धि गरे पछि रकमको भार थप बढदै जान्छ । अनावश्यक खर्च तर्फ पनि धकेल्ने उनको भनाइ थियो । यसको लाभ सरकारी अस्पताल भन्दा बढि निजी अस्पताल र मेडिकल कलेजले उठाउने देखिएको छ ।
उनका अनुसार बीमा वापत पाउने रकम गत आर्थिक बर्षको १ करोड ५१ लाख ४८ हजार ३ सय ६४ रहेको छ । डेढ करोड भन्दा बढि रकम अस्पताललाई तरलता ब्यवस्थित गर्न समस्या देखिएको छ, उनले भने, औषधी टेण्डर मार्फत खरिद गरिन्छ,सो रकम औषधी दाखिला गरेर भुक्तानी दिई हाल्नु पर्छ । अन्य चिकित्सकलाई दिईने भत्ता रकमहरू पनि रोक्न सकिदैन् । अस्पतालको आफ्नो अन्य स्रोत छैन्,सरकारले पठाउने बजेटमा सरकारी अस्पताल चलाउने हो । निजी जस्तो चुक्ता पुजिँ जस्तो राख्ने जस्तो प्रावधान हुदैन्, तर बीमा बोर्डले रकम लामो समयसम्म नपठाई दिँदा अस्पतालको दैनिक प्रशासन सञ्चालनमै समस्या हुने उनको भनाइ थियो ।
कुल बीमा रकम २ करोड ८४ लाख ६१ हजार ७ सय ४८ रहेको थियो । जस्मा बीमा बोर्डले ९३ लाख २२ हजार ८ सय १३ रुपिया मात्र पठाएको छ । विमामा खर्चिने रकम समेत केही दाबी गर्न नसक्दा पनि समस्या देखिएका छन् । विगतमा सिस्टम सफ्टवेयर सञ्चालनमा समस्या हुँदा ३९ लाख ९ हजार ५ सय ७० रुपिया त्यतीकै दाबी नै अस्पतालले गर्न सकेन् । अस्पतालले २ करोड ४४ लाख ७१ हजार १ सय ७७ रुपिया मात्र दाबी गरेको थियो । तर दाबी गरिएको पुरै रकम पनि बीमा बोर्डले पठाई दिएन् । अहिले शल्य क्रियामा सिमा बढाउदा सो सिमा अनुसार काम गर्दा विमा रकम बढेर जाने देखिन्छ ।
अस्पताल भित्र जनस्तरबाट निर्माण भएको पिसिआर भवनमा अहिले प्रयोशशाला सञ्चालनमा आई सकेको सुनाउँदै सूचना अधिकारी ज्ञवालीले नयाँ भवन हस्तानान्तरण हुने वित्तिकै अन्य सेवा विस्तार पनि गर्नु पर्छ, तर बिस्तारका लागि आवश्यक रकम बीमा उपचारमा फसेको जनाए ।
अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा, सुचर सेवा, बहिरँग सेवा (ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग, फिजिओथेरापी सेवा रहेका छन् ।
त्यसैगरी अल्ट्रासाउण्ड,डिजिटल एक्सरे, इसिजी, प्रयोगशाला, बिरामी भर्ना जनरल, फार्मेसी सेवा, प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा, एचआईभि परामर्श केन्द्र, लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन (ओसीएमसी), क्षयरोग,कुष्टरोग क्लिनिक, जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा, प्लाष्टर, सामाजिक सेवा इकाई, सोधपुछ परामर्श तथा नियमित रूपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो ।
अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ ।