ट्रेंडिंग:

>> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार

सुर्खेतका यातायात व्यवसायीको विरोध

९ भाद्र २०८१, आईतवार
९ भाद्र २०८१, आईतवार

सुर्खेत, ९ भदौ ।

प्रहरीले गाडी रोक्न नदिएको भन्दै सुर्खेतका यायतायात व्यवसायीहरुले विरोध गरेका छन् । यात्रु चढाउने विषयलाई लिएर यातायात व्यवसायीहरुले विरोध गरेका हुन् । आज बिहान व्यवसायीहरुले सुर्खेत बसपार्कमा सडकमा चक्काजाम समेत गरेका छन् । प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरिएको यातायात व्यवसायीहरुले बताएका छन् ।

आज बिहान करिब एक घण्टा बसपार्क अगाडी चार लेनको सडकमा गाडी राखेर चक्काजाम गरेपछि सर्वत्र विरोध भएको छ । स्कुल बस, एम्बुलेन्स समेत आवतजावतमा कठिनाइ हुने गरी संयुक्त यातायातले गाडी जाम गरेको थियो ।

गाडीमा यात्रु चढाउनका लागि बल प्रयोग गर्नुुको साथै यात्रुहरूलाई तानातान गर्ने गुनासो आएको थियो । उक्त गुनासो आएपछि अमानवीय व्यवहार गरेको भन्दै प्रहरी दैनिक रुपमा बिहानैबाट बसपार्कमा खटिएको थियो । बसपार्कमा खटिएका प्रहरीहरुले यात्रु हाल्न नदिएको भन्दै विरोध जनाएका छन् । यता प्रहरीले यात्रुहरुलाई स्वइच्छाले गाडीमा बस्न पाउनुपर्छ भन्छन् भने व्यवसायीहरु एकअर्काबीच प्रतिस्पर्धा गर्दै जबरजस्ती रुपमा यात्रुहरु तानातान गर्ने गर्दछन् ।

यातायात व्यवसायीहरु प्रहरीकै अगाडी यात्रु तानेर हाल्ने जोरबल गरिरहेका हुन्छन् । यातायात व्यवसायीहरु आफ्ना समास्याहरु समाधान गर्न लाग्नुपर्ने बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक विरेन्द्र विर विश्वकर्माले यातायात व्यवसायीहरुको एक आपसको झगडाले प्रहरीलाई नै हैरानी बनाएको जनाए । यो पुरानो समस्या रहेको र समाधान हुन नसकेको उनले बताए । ‘बसपार्कमा जबरजस्ती यात्रुलाई तान्ने गरेको गुनासोहरु आएपछि हामीले स्वइच्छाले यात्रुहरुलाई जुन्सुकै गाडीमा चढ्न दिनुपर्ने र यसरी तातान नगर्नु भनेर भनेका थियौ’ प्रहरी नायव उपरिक्षक विश्वकर्माले भने, ‘उनीहरुले प्रहरीले हामीलाई सहयोग गरेन भन्ने आरोप लगाउने गरेका छन् ।’ यात्रुहरुलाई जथाभावी रुपमा तान्ने प्रवृत्तिलाई रोक्नको लागि बसपार्कमा प्रहरी परिचालन समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?