ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

गुल्मीमा हवाई उडान फेरि शुरु, वर्षदिनमा १ सय २६ उडान

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

गुल्मी,०८ भदौ ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबारदेखि पुनः हवाई उडान शुरु भएको छ । मौसम बिग्रिएपछि गत असार १४ गतेदेखि अबरुद्ध बनेको हवाई सेवा आज शुक्रबारदेखि सञ्चालनमा आएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन ।
वर्षादको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने गरेका कारण सात झण्डै दुइ महिदादेखि हवाई उडान प्रभाबित बनेको थियो । यसअघि साताको चार पटक उडान हुँदै आएको भएपनि केही समयसम्म साताको एक दिन शुक्रबार मात्र रेसुङ्गा–काठमाडौं उडान हुने स्टेशन प्रमुख थापाले बताए ।
नेपाल वायुसेवा निगमको एउटा जहाज ग्राउण्डेट र अर्को अप्रेशनमा रहेको कारण उक्त जहाज नबन्दासम्म सातामा एक पटक मात्र उडान हुने बताईएको छ । शुक्रबार बिहान काठमाडौंदेखि १२ जना यात्रुहरू लिएर रेसुङ्गा आएको उक्त जहाज रेसुङ्गाबाट खाली काठमाडौं फर्किएको थियो ।

जहाज नियमित रूपमा सञ्चालनमा नआएको र मौशम बिग्रिरहने गरेका कारण काठमाडौं जानका लागि सम्पर्कमा रहेका कतिपय व्यक्तिहरूले पछिल्लो समय सम्पर्क नगरेपछि जहाज रित्तै फर्किएको हो । जहाजमा उडान गर्नका लागि रेसुङ्गा–काठमाण्डौ र काठमाण्डौ–रेसुङ्गाका लागि यस अघि यात्रुहरूको चाँप बढ्ने गर्दथ्यो । गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनिटर जहाजले उडान गर्दै आईरहेको छ ।
काठमाण्डौबाट बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ । सोही तालिका अनुसार निगमले काठमाडौंबाट रेसुङ्गा लागि ७ हजार ५०० रूपैंया र रेसुङ्गादेखि काठमाडौंका लागि ७ हजार ३०० रूपैयाँ भाडादर निर्धारण गरेको छ । गुल्मीमा गत वर्षदेखि व्यावसायीक रूपमा हवाई उडान सुरु भएको हो । रेसुङ्गा विमानस्थलमा दिउसोको समयमा अत्यधिक हावा चल्ने भएका कारण प्राबिधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्नका लागि उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान शुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं वाह्य पर्यटकहरूको संख्यामा समेत बृद्धि हुँदै गएकोे छ । रेसुङ्गा विमानस्थलबाट काडमाण्डौका लागि एक वर्षकोे अबधिमा १ सय २६ उडान भैसकेको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासदेखि ५ किलो मिटरको दुरीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?