ट्रेंडिंग:

>> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने 

त्रिवेणीलाई लुम्बिनी प्रदेशमा गाभ्न पहल गर्ने जिल्ला सभाको निर्णय

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

सुनवल, ७ भदौ ।

धार्मिक तथा ऐतिहासिक स्थल त्रिवेणी क्षेत्रलाई पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका भित्र गाभ्न पहल थालिएको छ । शुक्रवार परासीमा सम्पन्न साताँै जिल्ला सभाले हाल पुर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पर्ने त्रिवेणी क्षेत्रलाई पुनर्सिमांकन गरी लुम्बिनी प्रदेश भित्र समावेश गर्न लुम्बिनी र गण्डकी प्रदेश र संघिय सरकारलाई लेखि पठाउने निर्णय गरेको छ ।

भौगोलिक र सांस्कृतिक हिबासले त्रिवेण क्षेत्रको पायक पर्ने स्थान सुस्ता गाउँपालिका भएको र लुम्बिनी प्रदेशका धेरै जिल्लाको दाहसंस्कारको स्थल तथा धार्मिक केन्द्र पनि त्रिवेणी भएकाले सुस्तामा समावेश गरी गाउँपालिकाको नाम त्रिवेणी सुस्ता कायम गर्नुपर्ने जिल्ला सभाले निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव रुदलले जानकारी दिए । त्रिवेणी पुर्वी नवलपरासीमा गाभिदा भौगोलिक रुपमा आफुहरुलाई अपायक भएको सो क्षेत्रका स्थानीयले बताउँदै आएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले बताए ।

यस्तै जिल्लाको हुलाकी सडक निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै संघीय सरकार मातहतका सम्बन्धित कार्यालयमा ध्यानाकर्षण सहित पत्राचार गर्ने पनि जिल्ला सभाले निर्णय गरेको छ । प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधिले सडक निर्माणमा ढिलाई भएको भन्दै आमरण अनसन बस्ने चेतावनी समेत दिइसकेका छन् । जिल्ला सभाले नारायणगढ–बुटवल सडक खण्ड र हुलाकी सडक निर्माणलाई गति दिन सम्बन्धित निकाय संग पहल गर्ने निर्णय गरेको छ ।

यसैगरी नदीजन्य पदार्थ निकासीका सम्बन्धमा कात्तिक मसान्त सम्म सबै पालिकाले आइइइ तथा ईआईए रिपोर्ट जिल्ला समन्वय समितिमा पेश गर्नुपर्ने र रामग्राम नगरपालिका क्षेत्रबाट बग्ने नदीहरुमा नदीजन्य पदार्थ आवश्यक प्रक्रिया पुर्याई निकासी गर्ने जिल्ला सभाले निर्णय गरेको जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्ण पन्थीले जानकारी दिए । यस्तै जिल्ला समन्वय समितिको भवन निर्माणका लागि स्थानीय तहसंग बजेट सहयोग माग गर्ने, महेशपुर–परासी–सुनवल महपोखरी हँुदै गोठादी जोड्ने सडक निर्माण सुचारु गर्न संघीय मन्त्रालय संग पहल गर्ने पनि जिल्ला सभाले निर्णय गरेको छ । यसैगरी सडक बत्तिको महसुल स्थानीय तहले भुक्तानी गर्न सक्ने अवस्था नरहेको भन्दै विद्युत प्राधिकरणलाई भुक्तानीको लागि ताकेता नगर्न र महसुल रकमको व्यवस्थापनका लागि संघीय सरकार संग माग गर्ने लगायतका निर्णय गरिएको छ ।

जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने सङ्घीय र प्रदेशिक सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबिच समन्वय गर्ने जिम्मेवारी जिल्ला समन्वयन समितिको हुन्छ । उक्त जिम्मेवारी अनुरुप जिससले बिहिवार जिल्लाका सबै पालिका र सरकारी कार्यालयको वार्षिक समीक्षा र शुक्रवार जिल्ला सभा सम्पन्न गरेको समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरुले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?