ट्रेंडिंग:

>> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नहुने संकेत

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

सुर्खेत, ६ भदौ ।

कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि ९ गतेसम्म हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकिएकै समयमा नहुने संकेत देखिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद समापन समारोहबाट कर्णालीले मंसिर दुई गतेदेखि ९ गतेसम्म दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको थियो । सोही घोषणाअनुरुप कर्णालीले दशौँ राष्ट्रिय खेलकुद आयोजनाका लागि व्यापक तयारी समेत गरिरहेको छ ।

पहिलोपटक ठूलोे खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अवसर पाएको कर्णालीले नयाँ खेलकुद पूर्वाधार निर्माणदेखि मर्मत लगायतका खेलकुद गतिविधिलाई तीव्रता दिइरहेको कर्णाली खेलकुद विकास परिषद्ले जनाएको छ ।

कर्णालीमा खेलाउन सकिने खेलहरूको वर्गीकरण गरेर १० वटै जिल्लामा सञ्चालन गर्ने गरी तयारी भइरहेको परिषद्ले जनाउँदै आएको छ । परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले २ मंसिरलाई आधार मानेर परिषद्ले सयदिने काउन्ट डाउन सुरुवात समेत गरिसकेको जनाए । सोही बमोजिम दुई अंकको पदक चुम्ने लक्ष्यसहित खेलाडीहरू बन्द प्रशिक्षणमा रहिसकेका छन् ।

यसमा कर्णाली सरकारको फरक धारणा आएपछि तोकिएकै मितिमा खेलकुद प्रतियोगिता हुने विषयमा अन्योल छाएको देखिन्छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधार निर्माणको काम सकेर मात्र मिति तोक्नुपर्ने बताएका छन् । उनले निर्धारित समयमा पूर्वाधार निर्माणको सुनिश्चिता गरेर मात्र मिति तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् ।

भौतिक पूर्वाधार निर्माण सम्पन्न भइनसकेको अवस्थामा खेलकुद परिषद्लाई हतार नगर्न पटक–पटक सम्झाउँदै आएका छन् । संघीय सरकार मुख्य आयोजक रहने प्रतियोगितामा आवश्यक बजेट व्यवस्थापनलगायतका पक्षहरूको टुङ्गो नलागेको अवस्थामा परिषद्ले गरेको काउन्ट डाउनलाई मुख्यमन्त्री कँडेलले हतारोको संज्ञा दिँदै आएका छन् । ‘अहिले मिति तोक्ने पछि यो भएन र उ भएन भन्ने तहमा गइयो भने हामी सबै असफल हुन्छौं ।’ युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको भेटमा मुख्यमन्त्री कडेलले भने, ‘अहिले भइरहेका पूर्वाधारहरु समयमै सम्पन्न हुने सुनिश्चिता पछि मात्र मिति तोकौैैं ।’

गएको मंगलवार मुख्यमन्त्री कँडेलसँगको भेटमा संघीय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५ दिने मूल्यांकनका आधारमा मात्रै तोकिएको मितिमा खेल हुने वा नहुने विषय टुङ्गो लाग्ने बताएपछि अझै अन्योलता छाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?