ट्रेंडिंग:

>> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया

हुलाकी सडक तत्काल सुरु नभए अनसन बस्ने चेतावनी

६ भाद्र २०८१, बिहीबार
६ भाद्र २०८१, बिहीबार

सुनवल, ०६ भदौ । हुलाक सडकको कामलाई तिब्रता दिन पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिकाले प्रधानमन्त्रीको ध्यानार्कषण गराएको छ । संघिय सरकारकै लगानीमा स्तरउन्नती भईरहेको सडकको काम वर्षौ बित्दा समेत पुरा नभएपछि गाँउपालिकाले प्रधानमन्त्रीको ध्यानार्कषण पत्रमार्फत काममा तिब्रता नआए आफुहरु अनसन बस्ने गाँउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । ‘अब पनि सडक निर्माणको कामले गति नलिए जनप्रतिनिधि सहित स्थानिय अनसनमा बस्छौ ।’—उनले भने । नारायणचोक त्रिवेणी खण्ड अन्र्तगतको गोपिगंजदेखि बेलाटारीसम्म साढे ६ किलोमिटर सडकको अवस्था जिर्ण हुदा यात्रामा कठिनाई भोग्दै आएका छन ।

सडक निकै जिर्ण बन्दा समेत मर्मत सम्भार र निर्माणमा ठेकेदारले कुनै चासो नदिएपछि प्रधानमन्त्रीलाई पत्राचार गरिएको गाँउपालिका अध्यक्ष यादवले बताए । यसअघि पटक पटक सरोकारवाला पक्षसंगको बैठकमा ठेकेदार र हुलाकी राजमार्ग योजना कार्यालयका प्रतिनिधिहरुले समयमै मर्मत सम्भारको काम गर्ने प्रतिवद्धता जनाएपनि वेवास्ता गर्दा स्थानियले सास्ती खेप्न बाध्य भएको उनले बताए ।

नवलपरासीमा तिन खण्डमा विभाजन गरेर भईरहेको हुलाकी सडकको काम लामो समयसम्म ढिलासुस्ती देखिएको छ । नारायणचोक त्रिवेणी खण्डको आधा काम पनि पुरा भएको छैन् । २०७६ सालको मंसिरमा ठेक्का सम्झौता भएको नारायण चोकदेखि त्रिवेणी सम्मको १६ किलोमिटर सडक निर्माणको हाल सम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति छ । महालक्ष्मि जेभिले उक्त सडक विस्तारको लागी ४९ करोड रुपैयामा ठेक्का लिएको हो । ठेकेदारलाई ताकेता गर्दै आएको र अहिले पनि नाला निर्माणको काम मौसमको अनुलता अनुसार भईरहेको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर युवराज पाण्डेले बताए ।

गत वर्ष थपिएको म्याद यहि वर्षको चैत्र महिनामा सकिदै छ । यो गतिको कामले उक्त अवधिसम्म आधा पनि काम पुरा नहुने देखिएको छ । साथै गाँउपालिका अध्यक्ष यादवले हुलाकी सडकमा भईरहेको काममा गुणस्तरीयताको पनि प्रश्न खडा भएको बताए ।

हुलाकी राजमार्ग योजना कार्यालयका प्रमुख देखि कर्मचारीहरु नै ठेकेदारको बचाउमा बोल्ने गरेका छन् । ठेकेदारलाई दबाब बढाउनुको साटो भौतिक प्रगती अनुसारको रकम फटाफट भुक्तानी दिने गरेको गुनासो छ । जिल्लामा अन्य दुई खण्डको हुलाकी सडकको अवस्था पनि उस्तै छ । सदरमुकाम परासीदेखि नारायणचोक जोड्ने साढे १२ किलोमिटर सडक ८ वर्ष हुदा समेत अझै पुरा भएको छैन् । ९ किलोमिटर लामो प्रतापपुर कठहवा जोड्ने सडक विस्तारमा पनि उस्तै ढिलासुस्ती छ । सडकको जिर्णअवस्थाले हुलाकी सडकमा यात्रा गर्न सकिने अवस्था छैन् । हिलो र खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा समेत वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?