© २०२३
बुटवल। ।
बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।
दुर्घटनामा परी मृत्यु हुनेम अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका- ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका- १२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बलेरो जिपमा ठोक्किएको थियो।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ