© २०२३
पाल्पा, ३ भदौ ।
माथागढी गाउँपालिका शिकारकोटका डिल बहादुर बिकले टिमुर खेति बाट राम्रो आम्दानी गर्न सफल भएका उनी पनि एक हुन । टिमुरको खेतिबाट सात जनाको परिवारको गुजारा चलाएको वर्षौ भयो । वन जंगलमा पाइने टिमुरबाट वार्षिक रुपमा १ लाख हात पर्ने उनी बताउँछन् ।
वन जंगलमा प्राकृतिक रुपमा पाइने टिमुर जातको वनस्पतीको फलको बिक्रीबाट राम्रो आम्दानी गर्ने डिलबहादुर मात्र नभइ यसलाई आय आर्जनको मुख्य माध्यम बनाउने रिब्दिकोट गाउँपालिका ठिमुरेका बलबहादुर घर्तीले लामो समयदेखि आय आर्जनको बलियो माध्यम बनाएको बताउँछन् ।
वन पाखामा पाइने मसला तथा जडीबुटी जन्य ठानिने टिमुरबाट पछिलला दिनहरुमा राम्रो आम्दानी हुन लागेपछि यहाँका कृषकहरुले व्यावसायिक रुपमा उत्पादन लिने उद्देश्यले यहाँका किसानहरुले यसको वृक्षारोपण गर्न लागेका छन् । सिकारकोटका डिलबहादुरले पाँच वर्षमा १०० वटा विरुवा पुर्याउने उधेश्य राखेको बताउँछन् । वन जंगलमा पाइने भएता पनि यसलाई व्यावसायिक रुपमा लिने भन्ने थिएन । सालको वा भर्लाको पातको टपरीमा पोको पारेको काँचो टिमुर १० देखि २० हुँदै आजकाल ५० रुपैयाँ भन्छन् । त्यसैगरी गाउँदेखि बजार सम्म यसको माग धेरै छ । त्यसपछिका समयमा यसको पनि व्यावसायिक खेति सुरु गरियो । डाँडाका कन्दरा कन्दरामा फल्ने टिमुर आजभोलि व्यावसायिक रुपमा खेति गर्न किसानहरु लागेका छन् ।
माथागढी गाउँपालिकाका गोठादीका स्थानीय शेरबहादुर दर्लामी बुटवल, पोखरा, चितवन र काठमाडौंमा भएका आफन्तहरुलाई स्थानीय जातको टिमुर केसेली पठाउँदै आएको बताउँछन् । वनमा मात्र फल्ने भएपनि आजभोलि बारीका काल्ना काल्नामा लगाउने र लगाएको उनी बताउँछन् । आफ्नो बारीको काल्नामा लगाएको टिमुरबाट आफन्तलाई बाँडेर वार्षिक रुपमा ५० हजार सम्म आम्दानी गरेको दर्लामी बताउँछन् । एकपटक लगाए पछि वर्षौ सम्म आम्दानी लिन सकिने भुगोल हावापानीको हिसावले यो १ हजार देखि २ हजार उचाई सम्म हुने स्थानीय जातको टिमूर भुभाग भएको जमिनमा यसको खेति गर्न सकिने र एउटा बोट बाट कम्तिमा पनि १० देखि १५ किलो सम्म फल्ने, माथागढी, रैनादेवी, रिब्दीकोट, निस्दी, रम्भा, तिनाउ गाउँपालिकाको माथिल्लो भागमा टिमुरको लागि हावापनी तथा वातावरण राम्रो भएका कारण यसको व्यासायिक खेति गर्न सकिने डिभिजन वन कार्यालयका सूचना अधिकारी रामचन्द्र लामा बताउँछन् । विगतमा पोकापोका पारेर बिक्री हुने गरेपनि अव प्रति के.जी १ हजार रुपैयाँ सम्ममा बिक्री हुने स्थानीय कृषकहरु बताउँछन् ।
यसको राम्रो र बलियो आय आर्जन हुने देखेर स्थानीय सरकारले यसको व्यावसायिक खेति प्रवद्र्धन गर्न लागेको रिब्दिकोट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारी बताउँछिन् । पछिल्लो वर्षहरुमा यसबाट महिलाहरुले राम्रो आम्दानी गर्न लागेपछि स्थानीय सरकारले समेत प्रदेश सरकारसंग समन्वय गरी उत्पादनलाई नै जोड दिएको उनी बताउँछिन् । यहाँबाट स्थानीय बजारलाई समेत थेग्न नसक्दा बाहिरी जिल्ला रोल्पा, रुकुम, सल्यान जस्ता ठाउँबाट टिमुर आउन लागेको छ । बारीमा अन्नबाली लगाउँदा वन्यजन्तुबाट जोगाउनै कठिन भएपछि यहाँका कृषकहरुले टिमुरलाई वैकल्पिक आर्य श्रोतको माध्यम बनाएको स्थानीय कृषकहरु बताउँछन् ।
परम्परागत रुपमा तिनाउ गाउँपालिकाको पाटन, पुर्वखोलाको ढोलीमारा, माथागढीको सिकारकोट, ओलेस रिब्दिकोटको मैनादी, ठिमूरे, देउराली, रैनादेवी छहराको सोमादी, रम्भा गाउँपालिकाको ताहुँ र हेक्लाङ जस्ता गाउँपालिकाको वन क्षेत्रमा टिमूर पाइने गथ्र्यो । वन जंगलमा पुगेर टिमेर बजारमा पुर्याएपछि राम्रो बिक्री हुने गरेपछि टिमूर खेतितर्फ आकर्षित भएका हुन् । डिभिजन वन कार्यालयमा यस वर्ष १३ हजार विरुवाको माग थियो । यस वर्ष ७ हजार विरुवा माग भयो । आउने वर्षमा यसले राम्रो सफलता पाउन सकेको खण्डमा ग्रेडिन गर्ने मेसिन कृषकहरुलाई वितरण गरिने रेन्जर यमलाल पोखरेल बताउँछन् ।
रोल्पामा यसले व्यावसायिक सफलता पाएको छ । रोल्पाली टिमूर व्यावसायिक रुपमा प्रख्यात छ । यहाँ पनि देशव्यापी बनाउने उद्देश्य राखेर विरुवा उत्पादन सँगसँगै आम कृषकलाई यसको महत्व बुझाउन लागेपछि । यसको माग बढेको छ । हावापानी तथा भूगोल मिलेको खण्डमा केही सामुदायिक समूदायले विपन्न्न वर्गका लागि नै लक्षित गरी आय आर्जनको वृद्धि गराउने उद्देश्यले वन कार्यालयमा समेत लगाउन लागेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामचन्द््र लामा बताउँछन् ।
आयुर्वेद चिकित्सा पद्धति अनुसार नियमित टिमूरको सेवनका कारण उच्च रक्तचाप नियन्त्रण हुने भएका कारण यसको प्रयोग बढेको कारण यसको मूल्य बढ्दो अवस्थामा रहेको कारण यसको खेतितर्फ कृषकहरु आकर्षण भएको आयुर्वेद अस्पतालका चिकित्सक जिवन बस्याल बताउँछन्