© २०२३
बुटवल, ५ कात्तिक ।
आइतबार हुने नेपाल पत्रकार महासंघ रुपन्देहीको साधरणसभाको तयारी पूरा भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुअ आतिथ्यतामा साधरणसभाको उद्घाटन सत्र हुनेछ । साधरणसभाको अवसरमा विभिन्न विधाका छुट्टाछुट्टै तीनवटा पुरस्कार समेत वितरण गरिने महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।
उनका अनुसार बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार, सिद्धार्थ नगरपालिकासँग सहकार्य गरी स्थापना गरिएको सिद्धार्थ श्रमजिवि पत्रकारिता पुरस्कार र बुटवल पब्लिक स्कूलसँग सहकार्य गरी स्थापना गरिएको उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार वितरण गरिनेछ । यी सबै पुरस्कार तीन वर्षका हुन् । पुरस्कारका लागि मूल्यांकन समितिले छनौट गरी कार्यसमिति बैठकले अनुमोदन गरिसकेको सचिव विनोद परियारले जानकारी दिए ।
साधरणसभा विहान साढे १० बजे बुटवल सुख्खानगर स्थित मेरी गोल्ड होटलमा राखिएकाले सदस्य पत्रकारहरुलाई उपस्थित हुन महासंघले आग्रह गरेको छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, प्रदेश कमिटिका पदाधिकारी, महासंघ रुपन्देहीका सल्लाहकार, पूर्व अध्यक्ष एंव पत्रकार सम्बद्ध संगठनका नेताहरुको उपस्थिति रहनेछ । उद्घाटनसत्र लगत्तै बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सचिव विनोद परियारद्वारा सांगठनिक र कोषाध्यक्ष सञ्जय सौगातद्धारा आर्थिक प्रतिवेदन पेश गरिनेछ ।