गुल्मी, ३१ साउन । गुल्मीमा युवा निर्माण व्यावसायी धनिश्वर गौतमको अध्यक्षतामा नेपाल निर्माण उद्योग परिषद्को गठन गरिएको छ । सदरमुकाम तम्घास स्थीत मदनआश्रीत स्मृति भवनमा बिहिबार बसेको निर्माण व्यवसायीहरुको प्रथम भेलाले गौतमको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको हो ।
भेलाले नेपाल निर्माण उद्योग परिषद्को उपाध्यक्षमा नारायण खत्री, सचिवमा अनुप लाखे, कोषाध्यक्षमा लोकनाथ भण्डारीलाई सर्वसम्बत रुपमा चयन गरेको छ । त्यसैगरी अन्य सदश्यहरुमा रामजी ढकाल, टिका बुढाथोकी, राजु पाण्डेय, अनुप श्रेष्ठ, हिमाल पन्थ, तुल्सी रायमाझी, ओम बहादुर केसी, तेजेन्द्र पोख्रेल, विष्णु अधिकारी, माधब बिष्ट र बिर बहादुर कार्की रहेका छन ।
कार्यक्रममा नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय सदस्य एवं नेपाल निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष नारायण पोख्रेलले पछिल्लो समयमा निर्माण व्यवसाय क्षेत्र देखापरेका समस्या समाधान गर्न निमार्ण ब्यवसायीहरुलाई संगठित गर्दै जिल्लामा नयाँ समिति गठन गरिएको बताए ।
उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गौतमले पछिल्लो समय निर्माण व्यवसायका क्षेत्रमा देखा परेका तमाम समस्यालाई समाधान हुने गरि पहल गर्ने बताए । व्यवसायीले काम गरेको रकम भुक्तानी नपाउने अबस्था देखापरेको भन्दै निर्माण व्यवसायलाई मर्यादित एवं व्यावसायीक हकहितको लागि काम गर्ने संस्था बनाउने बताए । उक्त संस्थामा हाल एक सय ५० जना सदस्यहरु आवद्ध रहेको सदस्य राजु पाण्डेयले जानकारी दिए ।