ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

मलेरिया नियन्त्रणमा ध्यान जाओस्

३१ श्रावण २०८१, बिहीबार
३१ श्रावण २०८१, बिहीबार

रोजगारीका लागि भारत तथा तेश्रो मुलुक पुगेर फर्किएकाहरूमा मलेरिया पुुष्टी हुनेक्रम बढ्न थालेपछि यसले नेपालमा चुनौति निम्त्याएको छ । हालै भारतबाट फर्किएका पाल्पाका युवकमा मलेरिया पुष्टी भएपछि मलेरियालाई अव सामान्यरूपमा लिए त्यसले भयावह अवस्था निम्त्याउन सक्छ भन्नेतर्फ पूर्व सतर्कता आवश्यक छ । रोजगारीका लागि मुगलान गई दुईचार पैसा कमाएर आउँदा नेपालीले मलेरिया रोगलाई थाहै नपाएर आफूसँग लिएर आउँदा नेपाल मलेरियाको घर बन्ने अवस्था उत्पन्न हुनु चिन्ताको बिषय हो । पाल्पाका युवकमात्रै होइन, देशका अधिकांश जिल्लाबाट भारत तथा तेश्रो मुलुक पुगेर फर्किएकाहरूमा मलेरिया पुष्टी हुने क्रम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण कार्यालयले जनाएको छ ।

चर्को ज्वरो नै प्रमुख लक्षणका रूपमा देखिने यो रोग लामखुट्टेबाट सर्ने गर्दछ । अझै बढी सुदूरपश्चिम र कर्णाली प्रदेशका युवामा यो रोगको भयावहता बढ्दो छ । युवा तथा अन्य उमेर समूहका लागि रोजगारीको मुख्य गन्तव्य रहेको भारत गएका नेपालीहरू चाडपर्वको समय आउनै लाग्दा स्वदेश फर्किन्छन् । उनीहरू स्वदेश फर्किनेमात्र होइन, विदेशबाट मलेरिया समेत लिएर फर्किरहेको पुष्टी भैसकेको छ । बर्षाको सेरोफेरो र दशैं तिहारजस्ता पर्वको आगमनसँगै मुगलान गएकाहरूको घर फिर्तीको ताँती पनि उत्तिकै लाग्ने गरेको छ । यसका पछाडि कर्णाली, सुदूरपश्चिम तथा नेपालका अन्य क्षेत्रमा बसोबास गरिरहेका नेपालीको गरिबीले काम गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली, कम उब्जाउ हुने जमिन, कृषि उत्पादनमा सरकारको उपेक्षा तथा आधुनिक खालका मल, बीऊ, प्रविधि र चेतनाको अभावका कारण पनि नेपालीहरू छोटो समयका लागि भारत गएर निकै कष्टपूर्ण काम र जीवन बिताउन बाध्य बनेका छन् । त्यसमाथि उपहारकै रूपमा मलेरियाबाट प्रताडित भएर आउनु अहिलेको दैनिक बनेको छ । भारत लगायत विदेशबाट आउने नेपाली युवाहरूको स्वास्थ्य जाँचलाई प्रभावकारी बनाउन सकिएन भने उनीहरूले ल्याउने रोग नेपालमा अन्य ब्यक्तिलाई पनि सर्ने संभावना उत्तिकै जोखिमपूर्ण छ । यो बिषयमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गंभीर बन्नु जरुरी छ ।

पैसा कमाउन विदेश गएकाहरू थोरै पैसा भएपनि कमाएर ल्याउँदा घरपरिवारको आर्थिक गर्जो त टर्नेगर्छ, तर पैसा लिएर आउँदा त्योसँगै मलेरियाजस्ता रोगहरू पनि आउने जोखिम हुँदा त्यसले थप स्वास्थ्य समस्या सिर्जना गर्ने चुनौति छ । सुदूरपश्चिम र त्यसमापनि कर्णाली प्रदेशका अधिकांश युवा भारतसँगको रोजीरोटी र बारम्बार आउजाउका कारण गर्मीयाममा मलेरियाले ग्रस्त हुने गरेको बर्षौदेखिको समस्या हो । पैसा कमाउन भारत तथा तेश्रो देश गएकाहरू मलेरिया लिएर आउँदा कर्णाली तथा सुदूरपश्चिमका तिनका परिवार चिन्तित र भयभित हुने गरेका छन् । हुँदाहुँदा सुदूरपश्चिम र कर्णालीको रोग लुम्बिनीमा पनि देखिन थालेको छ । विदेशबाट फर्किएकाहरूले स्थानीय स्वास्थ्यकेन्द्रमा जेकजाँच गराउँदा मलेरियाका बिरामी बाक्लै भेटिन थालेपछि यसले कतै विकराल रूप त लिने होइन भन्ने चिन्ता पनि उत्पन्न गरिरहेको छ ।

मलेरियाबाट साना बालबच्चादेखि बुढापाकासम्म संक्रमित भइरहेका छन् । मलेरिया रोगको जोखिमले गाउँघर त्रासमा बाँच्नुपर्ने अवस्था आउन नदिन अहिलेदेखि नै सचेत बन्नु जरुरी छ । सुरुको सतर्कताले नै यसको नियन्त्रणमा सहयोग पुग्ने भएकोले गाउँ बस्तीमा उच्च प्रविधि र दक्ष चिकित्सकको टोली केन्द्रबाटै समयमै पठाउनुपर्ने आवश्यकता देखिएको छ । अर्को चिन्ताको कुरा के छ भने मलेरिया लुम्बिनी प्रदेशमा पनि धेरै देखिन थालेको छ । पाल्पाबाट एक महिनाअघि भारतको गुजरात गएर फर्किएका युवकलाई मलेरियाको जस्तो लक्षण देखिएपछि आरडिटी गर्दा पोजेटिभ आएको छ । यसले लुम्बिनी प्रदेशमा पनि मलेरियाको जोखिम बढ्दै गएको छ भन्ने पुष्टी गरेको छ । मलेरिया पोथी अनफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकोले लामखुट्टेबाट जोगिनु सवैभन्दा ठूलो सतर्कता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?