© २०२३
सुनवल, ३१ साउन ।
हुलाकी सडक खण्डमा पुल निर्माण नहुँदा यहाँको यात्रा थप कष्टकर बनेको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि बर्दघाटको नारायण चोकसम्मको सडक खण्डमा पर्ने चार वटा पुलको निर्माण कार्य पुरा नहुँदा वर्षायाममा यात्रुले सास्ती खेपिरहेका छन् । साढे १२ किलोमिटर सडक खण्डमा पर्ने साना पुलको निर्माण वर्षा अगावै सक्ने लक्ष्यका साथ काम थालिएपनि पुरा भएको छैन ।
संघीय सरकार अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले एकै पटक चारवटा पुलको ठेक्का लगाएको हो । सडक निर्माण थालेको सात वर्ष हुँदा समेत जिर्ण पुल नबन्दा दुर्घटनामा यात्रुले ज्यान गुमाउनुपरेको थियो । ढिलो गरी मात्र रामग्राम ८ बैकुण्ठपुरमा रहेको बैकुण्ठपुर खोला, सरावल गाउँपालिका वडा नं. ३ हुलाकी सडकमा रहेका भिमटाँडी, गंगासागर र पिडुरा खोलामा एकैसाथ पुलको निर्माण कार्य शुरु गरिएको हो ।
म्याद कार्तिक देखि पुस महिना सम्म भएपनी वर्षायाम अगावै (असार मसान्त सम्म) काम सक्ने भनेपनी काम पुरा नभएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर युवराज पाण्डेले बताए । ‘वर्षायाम लागेपछि काम हुन सकेको छैन्, तर हामीले असार मसान्त सम्म सक्न भनेका थियौँ, सम्भव भएन पाण्डेले भने ।’ वर्षायाम अगावै पुलबाट गाडि गुडाउने ठेकेदारले आफै गरेको प्रतिवद्धता पनि पुरा गर्न सकेनन् । अहिले पुलको पिल्लर खडा गरेर छाडिएको छ ।
दुई वटा निर्माण कम्पनीले १२ करोड ५८ लाखमा चार वटा पुल निर्माणको जिम्मा पाएका छन् । पुल निर्माण पुरा नहुदा अहिले घुमाउरो बाटो हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ । वर्षायामको भेलले डाईभर्सन बगाएपछि अहिले भिमटाँडी बाट श्रीनगर गाउँ हँुदै सरावल गाउँपालिकाको बाटो भएर घुमाउरो सडक प्रयोग गर्नुपर्छ । उक्त सडकबाट पनि धुलो र हिलोका कारण यात्रा गर्न सकसपुर्ण छ । विद्यालय जाने बालबालिकाहरू समेत समस्यामा पर्ने गरेका छन् । वर्षायाममा नजिकै रहेको विद्यालय पुग्न घुमाउरो बाटो प्रयोग गर्नुको साटो बालबालिकाले खोलाबाटै जोखिमपुर्ण रूपमा आउजाउ गर्ने गरेका छन् । पुल र सडक नबन्दा समस्या भएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।
नवलपरासीमा तीन खण्डमा विभाजन गरेर भईरहेको हुलाकि सडक विस्तारको काम निकै सुस्त छ । ठेकेदारले चरम लापरवाही गर्दा समेत म्याद थप गर्ने प्रवृत्तिले समस्या सृजना गरेको जनप्रतिनिधिहरूको भनाइ छ । यसअघि सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीको विषयमा सुरक्षा निकाय, जिसस, तथा स्थानिय जनप्रतिनिधिहरूले चासो दिने गरेको पाईएपनि पछिल्लो समय खासै वास्ता गर्ने गरेको पाईदैन् । परासी नारायणचोक सडक खण्डको काम सुरु भएको लामो समय भईसक्दा समेत काम पुरा भएको छैन् । पछिल्लो पटक असार मसान्त सम्म काम सक्ने भनिएपनि ठेकेदारले काम पुरा गरेको छैन् । उक्त खण्डको काम अन्तिम चरणमा पुगेको नै तिन वर्ष भयो । ठाउँ ठाउँमा कालोपत्र भत्किएर फेरि पिच गरेपनी काम भने पुरा भएको छैन् । जिल्लामा परासी नारायणचोक, नारायणचोक त्रिवेणी, बेलाटारी कठहवा गरी तिन ओटा खण्ड कुल एक अर्ब १ करोडको लागतमा सडक बिस्तारको काम भईरहेको छ । तर तिनै खण्डको काम सुस्ता हँुदा यात्रुले समस्या भोग्न बाध्य भएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी