© २०२३
काठमाण्डौ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भाद्र ११ गतेदेखि काठमाडौंमा नाडा अटो शो २०२४ आयोजना हुने भएको छ । नाडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भाद्र ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा नाडा अटो शो आयो जना गरिएको जनाएको हो ।
प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरु १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यस्तै कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने र ७ वित्तीय संस्थाहरुले अनुकूल वित्तीय समाधान दिने नाडा अटो शो २०२४ समितिका कार्यबाहक संयोजक अनुप कुमार बरालले बताए ।
मेलालाई व्यवस्थीत र भव्य बनाउन ट्राफिक प्रहरीसंग समन्वय गरिएको उनले बताए । नाडा अटो शोको ७५ हजार दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।