ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

विद्युत प्राधिकरणः उद्योगको ५० करोड छाडेर जनताको ७ करोडमा ताकेता !

३० श्रावण २०८१, बुधबार
३० श्रावण २०८१, बुधबार

नवलपरासी, ३० साउन ।
जिल्लाबाट विद्युत सेवा लिँदै आएका सर्वसाधारणको विद्युत मिटर काटेर/जोडेर साढे ७ करोड बढी असुली गर्ने विद्युत प्राधिकरणले उद्योगले नतिरेका ५० करोड रकम कहिले असुल गर्ला भनेर प्रश्न उठ्न थालेको छ । केही महिना विद्युत नबुझाउने ग्राहकको लाईन काटेर असुली गर्ने विद्युत प्राधिकरणले जिल्लामा विगतमा डेडिकेटेटलाई लिइने चार उद्योगबाट ५० करोड रकम उठाउन बाँकी हुँदा नागरिक समाजले सो प्रश्न उठाएको हो ।

सर्वसाधारणबाट लाईन काटेर सात करोड उठाउने विद्युत प्राविधकरणले ५० करोड असुली कहिले होला ? भन्ने प्रश्न उठ्न थालेको छ । औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरूले विद्युत महशुल नतिरेको नेपाल विद्युत प्राविधिकरण परासी वितरण केन्द्रले जनाएको थियो । विद्युतको बहुविकल्प दिँदै आएको यो जिल्लाका केही उद्योगले ५० करोड भन्दा बढि विद्युत महशुल नतिरेको केन्द्रले जानकारी गराएको थियो । तर ति रकम अहिले पनि असुली नभएको बताउँदै नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले मुलुक चलाउनमा प्रत्येक नागरिकको लगानी हुन्छ तर विद्युत प्राधिकरण र सरकारबाट दोहरो नीति देखिन थालेको जनाए । उनले प्रश्न गरे, सर्वसाधारणको लाईन काटेर ७ करोड बढि रकम उठाइयो, उद्योगका ५० करोड कहिले ? विद्युत प्राधिकरण परासी वितरण शाखाका सूचना अधिकारी समेत रहेका इन्जिनिर रामाशंकर शाहका अनुसार गत आर्थिक बर्षमा सर्वसाधारण ग्राहक मध्ये २ हजार ४ सय २८ जनाको विद्युत मिटर काटिएको थियो ।

जरिवाना सहित सो वापत ३ करोड ८१ लाख ४० हजार २४ रुपिया असुल गरिएको थियो । त्यसैगरि विगत बर्षका समेत २ हजार ६ सय ७४ जना ग्राहकको विद्युत लाईन पुनः जडान गरि थप ३ करोड ७७ लाख ८५ हजार २ सय ६६ रुपियाँ असुल गरिएको छ । यसरी कुल रकम ७ करोड ५९ लाख २५ हजार २ सय ९० रुपियाँ असुल भएको छ । गत आर्थिक बर्ष २०८०/०८१ मै विद्युत महशुल नबुझाउने ५ सय १४ ग्राहकलाई कालोसुचिमा राखिएको थियो,जुन अहिले साउन महिना भित्रै २ सय ९५ जनाले विद्युत बुझाएका छन् र उनीहरूलाई कालोसुचीबाट हटाइएको छ । अहिले पटक पटक पत्राचार गरेर किस्ताबन्दीमा भए पनि महशुल बुझाउँदै गर्नुस भनेर जानकारी गराईएको छ, वितरण केन्द्रले दाबी गरेको छ । सर्वसाधारणले थोरै ढिलाई गर्दा विद्युत मिटर काटेर ल्याई हाल्ने विद्युत कर्मचारी उद्योगको मिटर काट्न अहिलेसम्म पर्खाईमै बसेका छन् । विद्युत महशुल त बुझाउनु नै पर्छ, उनले भने,यसका लागि हामी समय सहुलियत,किस्ताबन्दीमा तिर्ने सम्म राहत मिल्न सक्ला तर महशुल नै छुट हुने अवस्था  हुँदैन ।

सूचना अधिकारी शाहका अनुसार बुटवल सिमेन्ट प्रालिले विद्युत महशुल नतिरेका कारण सुनवल नगरपालिका स्थित सो उद्योगको जग्गालाई मालपोत कार्यालयमा रोक्का समेत गराइएको छ । सो उद्योगले आफ्नो उद्योग बन्द गरेर अन्यत्र लगेको छ,त्यहाँ रहेका जग्गा बिक्री गरेर लैजान नपाओस भनेर मालपोत कार्यालयलाई पत्राचार गरि रोक्का गराइ सकिएको सूचना अधिकारी शाहले जानकारी गराए । जिल्लामा अहिले मल्टिनेसनल कम्पनी देखी ठूला र मझौला उद्योगहरू थपिदै गएका छन् ।
उद्योगलाई नै लक्षित गरि जिल्ला भित्र औद्योगिक लाईन समेत विस्तार गरिएको छ । उद्योगलाई आवश्यक पावर विद्युतले सप्लाई दिँदै आएको छ । तर विद्यु्त महशुल नबुझाउनु समस्या भई रहेको केन्द्रले जनाएको छ ।

वितरण केन्द्रले आफ्ना ग्राहकहरूलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउँदै बैकल्पिक विद्युत आपूर्तिको ब्यवस्थानमा लागि परेको छ । विभिन्न प्रसारणलाईन अन्तर्गतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले बिस्तार गरेको विद्युत आपूर्ति सञ्जाल मार्फत बहुविकल्पको ब्यवस्थापनमा लागेकोे हो । परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जाँदा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधैभरि पूर्ण भोल्टेज क्षमताको विद्युत आपूर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपूर्तिको ब्यवस्थाका लागि प्रसारण लाईन सञ्जाल विस्तार भई रहेको छ । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपूर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।

एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्,उनले थपे, किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखि १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखि ७० मेगावाट विद्युत सप्लाई भइरहेको छ । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।

बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पूर्वि क्षेत्रबाट पनि केही महिना मै जिल्ला जोडिने छ । नेपालकै विद्युत आपूर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरूको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ, उनले भने, तर उद्योग सञ्चालकहरूले उद्योगमा विद्युत आपूर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् । तर अहिले तिनै उद्योग विद्युत महशुल तिर्न आनाकानी गर्नु दुर्भाग्य हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?