Butwal Today

सशस्त्र प्रहरी सवार गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

५ कार्तिक २०७९, शनिबार
अ+
अ-

जीतपुर(कपिलवस्तु), ५ कात्तिक ।

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । शुक्रबार साँझपख जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ३ सिउटीमा भएको सशस्त्र प्रहरीको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो ।

दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, अर्का एकजना सहायक हवल्दार, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिकाका अमर संग्रामी मगरको मृत्यु भएको हो ।

चारनम्बरबाट तौलिहवा तर्फ जादै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिदैं दुर्घटनामा परेको थियो । दुर्घटनामा आधा दर्जन बढी घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल ल्याइएको छ ।