© २०२३
रोल्पा, २७ साउन ।
रोल्पाको बलभद्र माध्यमिक विद्यालय थवाङमा दर्जन बढी अक्षयकोष स्थापना गरिएको छ । विद्यालयको शैक्षिक सुधार, छात्रवृत्ती सहयोग, प्रतिभा सम्मान लगायतका क्षेत्रलाई प्रोत्साहन गर्न उक्त अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयमा सबभन्दा ठूलो रासीको छात्रवृत्ती अमेरिकन नागरिकले स्थापना गरेका छन । लामो समय थवाङमा विताएकी अमेरिकन नागरिक अगस्ता मोल्नारले ३३ लाख २० हजार रासीको अक्षयकोष स्थापना गरेकी हुन् । विद्यावारीधिको सोध गर्न लामो समय थवाङ बिताएकी मोल्नारले आर्थिक वर्ष २०६८/०६९ देखि विद्यालयलाई सहयोग गर्दै आएकी थिईन । उनले अक्षयकोषको साथै विद्यालयको शैक्षिक भौतिक र व्यवस्थापकीय सुधारका लागी ५२ लाख १० हजार र छात्रवृत्तीका लागि ८ लाख ९७ हजार सहयोग गरेकी छिन । उनलाई सो विद्यालयले विद्यालयकी ममतामयी आमाको सम्मान दिएको छ ।
यसैगरि अक्षयकोषका लागि थवाङ गाउँपालिका भित्रका निर्माण व्यवसायीहरूले समेत सहयोग गरेका छन । निर्माण व्यवसायीहरूले ५० हजार अक्षयकोष सहयोग गरेका छन । यसैगरि सोही विद्यालयको प्राविधिक धारमा अध्यापन गर्ने शिक्षक, प्रशिक्षक, कर्मचारी र विद्यार्थीहरूले ७ लाख सहयोग गरेका छन । सो विद्यालयको सभा हल निर्माणका लागी गठित निर्माण समितिले २ लाख सहयोग गरेको छ । यसैगरि निर्माण समितिले ४ लाख र खानेपानी तथा सिचाई समितिले ४ लाख सहयोग गरेको छ ।
यसका साथै थवाङका कमरबहादुर/ जमेन्द्र रोकाले १ लाख ५ हजार ५५५ रासीको देउवहादुर/ रूपजना स्मृती नामक अक्षयकोष स्थापना गरेका छन । थवाङकै लिलाराम रोकामगरले १ लाख रासीको तुफान स्मृती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँकै पूर्णबहादुर/राजपूर्ण पुनमगरले ४ लाख रासीको दलवहादुर सम्झनी स्मृती छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन ।
विद्यालयमा अक्षयकोष स्थापना गर्ने अन्य दाताहरूमा अन्तिम/राजमित्र वुढा/उर्मिला रोकाबाट १ लाख रासीको मनिमाला स्मृती अक्षयकोष स्थापना भएको छ । अजय/दलमाया/रामराखी/सिजमाया घर्तीमगरले १ लाख रासीको दीर्घ /तेजमाया स्मृती अक्षयकोष स्थापना गरेका छन । यसैगरि अमित/उदय/पौरख/जमघट घर्तीमगरले १ लाख ५० हजार रासीको हर्कवहादुर/ वरमाया स्मृती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँका राममाया वुढामगरले २ लाख रासीको पूर्णवहादुर स्मृति अक्षयकोष स्थापना गरेकी छिन ।
कुमार घर्तीमगरले १ लाख १ हजार रासीको तीर्थ /जीता स्मृती प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेका छन । यसैगरि सम्झना सी/ विजयज्योती/गोविन्द खड्काले १ लाख रासीको ज्वार स्मृती छात्रवृत्ती अक्षयकोष स्थापना गरेका छन । सोही ठाउँका दर्जित रोकामगरले १ लाख ५० हजार रासीको फर्कवहादुर सम्झना स्मृती अक्षयकोष स्थापना गरेका छन । अम्विका रोकामगरले १ लाख रासीको कृष्ण स्मृती अक्षयकोष स्थापना गरेकी छिन ।
अक्षयकोषदाता र विद्यालयको समझारीको आधारमा विद्यालयको शैक्षिक सुधार, छात्रवृत्ती तथा प्रतिभा प्रोत्साहन लगायतका क्षेत्रमा खर्च गर्ने गरि कार्यविधि बनाएको वलभद्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय घर्तीमगरले जानकारी दिए । स्मृती अक्षयकोषका साथै अन्य शिर्षकमा समेत अक्षयकोष स्थापना भएको छ अध्यक्ष घर्तीमगरले भने । २०१५ सालमा स्थापना भएको सो विद्यालय रोल्पाको एक पुरानो सामुदायिक विद्यालय मानिन्छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी