© २०२३
सुर्खेत, २६ साउन ।
सुर्खेतको चौकुनेमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७ का १७ वर्षिय अशोक थापा र वडा नम्बर ६ बस्ने १८ वर्षिय भिमबहादुर थापा रहेका छन् ।
गएराति चौकुने गाउँपालिका–८ स्थित विशाल बजारमा पेस्तोल बोकेर हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गुटुका प्रहरी नायव निरीक्षक नारायण बिष्टको कमान्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट पेस्तोल एक थान (राउन्ड नभएको खाली) पेस्तोल फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल उनीहरु दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक विरेन्द्र विर विश्वकर्माले जानकारी दिए ।