ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

मिटर व्याज प्रकरण: सरकारी कर्मचारीसहित ७ जना पक्राउ 

२४ श्रावण २०८१, बिहीबार
२४ श्रावण २०८१, बिहीबार

दाङ, २४ साउन ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ की निर्मला वलीले २ वर्ष अघि ८ लाख रुपैयाँ ऋण लिइन । उनलाई तत्काल पैसा आवश्यक परेपछि चिनेजानेका एक आफन्तको सहयोगमा तुलसीपुर १८ सक्राम घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १५ बिपि चोक बस्ने ५८ वर्षीयको धर्मबहादुर बस्नेतसँग ऋण लिइन ।

ऋण लिएको रकमको ब्याज सावाँ तिर्ने सहमति अनुसार उनले दुई वर्षको अवधिमा २ लाख पचास हजार तिरिसकेकी छन् । तर, उनको नाममा बस्नेत दम्पतिबाट चेक बाउन्सको मुद्दा दायर गर्दै ४२ लाख रुपैयाँको ऋण देखाईएका छन् । ८ लाख ऋण लिएको दुई वर्षमा ४२ लाख रुपैयाँ पुगेपछि उनी न्याय माग्दै प्रहरी कार्यालयमा उजुरी दिइन ।

घोराही १५ विपी चोक बस्दै आएका जगत चौधरीले पनि धर्मबहादुर बस्नेतबाट लिएको २ लाख रुपैयाँ ऋण डेढ वर्षमा ८ लाख पुगेको छ । ऋण दिने अनि विभिन्न दबाव देखाएर खाली चेकमा हस्ताक्षर गराउने अनि चेक बाउन्स देखाएर मुद्दा हाल्ने र मोटो रकम असुलीको धन्दा गर्ने काम बस्नेत दम्पतिले गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सरकारी सेवामा कार्यरत धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतले करीव ९० जनालाई ऋण दिएर यसरी नै फसाएको पीडितहरुको भनाई छ ।

उनकै घरमा कोठा भाडा लिई बस्नेदेखि धेरैलाई यसरी नै मिटर ब्याजको चंगुलमा फसाएर गैरकानूनी रुपमा रकम उठाउने गरेको पाईएको छ । आफुहरुले लिएको ऋण तिरिरहेको भएपनि अदालतबाट चेक बाउन्सको मुद्दासहित मोटो रकम तिर्न बाँकी भएको जानकारी पाएपछि ३४ जना ऋणीले बस्नेत दम्पतिलाई प्रतिवादी बनाउँदै साउन २० गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेपछि घटना बाहिर आएको हो ।

पीडितहरुका अनुसार, माधवा बस्नेत र धर्मबहादुर बस्नेतले ऋणीलाई खाली चेकमा दस्तखत गराई बैंकबाट चेक बाउन्स गराएर अरुकै नामबाट मुद्दा दायर गरिएको पाईएको छ । ऋणीले खाली चेकमा दस्तखत गराएर अरुको नामबाट गलत नियतका साथ काम गरेर लाखौँ रुपैयाँको ऋणसहित मुद्दा लगाएपछि पीडितहरु अहिले प्रहरी प्रशासन धाई रहेका छन् ।

आफुहरुले माधवा बस्नेत र धर्मबहादुर बस्नेतबाट ऋण लिएको तर चेक बाउन्सको मुद्दा दायर गर्ने व्यक्तिलाई नचिनेको भन्दै प्रहरीमा उजुरी परेपछि दुवै पक्षलाई साथमा राखेर बयान लिँदा वास्तवमै दुवैले एक अर्कालाई नचिनेको पाईएको प्रहरीले जनाएको छ ।

यसरी दरासयपूर्ण रुपमा काम गर्ने बस्नेत दम्पतिसहित ७ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय दाङले अनुचित लेनदेन अर्थात मिटर ब्याज मुद्दामा ७ जना पक्राउ गरेको छ ।

साउन २० गते जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले अनुचित लेनदेन सम्बन्धी कसूर मुद्दामा ७ जना पक्राउ गरेर मुद्धा चलाएको हो ।

पक्राउ पर्नेमा २ जना पुरुष र ५ जना महिलाहरु रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

बस्नेत दम्पतिसहित चेक अनादर गरी मुद्दा दायर गरेका भनिएका घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने यामाकुमारी बस्नेत, घोराही उपमहानगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ५१ का तिलकबहादर महरा क्षेत्री, घोराही उपमहानगरपालिका वडा नम्बर १५ प्रगतीनगर टोल बस्ने वर्ष ५३ की पार्वता केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने बर्ष ३४ की ममता कुमारी केसी (डिसी), घोराही उपमहानगरपालिका वडा नम्बर १५ बस्ने वर्ष ३७ की ऋषा बोहरालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?