ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

संघीयताका नाममा कलंकको भारी

२४ श्रावण २०८१, बिहीबार
२४ श्रावण २०८१, बिहीबार

नेपालका लागि संघीयता अफापसिद्ध हुँदै गएको कुरा आम चासो, चिन्ता र बहसको बिषय भैरहेको बेला मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद बनाएर संघीयताको नाममा कलंक सिर्जना गर्ने प्रयास भएको छ । बहुसंख्यक नेपाली जनताले संघीयता आवश्यक नरहेको बताईरहेको बेला मधेश प्रदेशमा जम्बो मन्त्रिपरिषद बनाएर मधेश सरकारले संघीयताको मूल मर्ममाथि प्रहार गरेको छ । संघीयता आफैमा नराम्रो व्यवस्था होइन तर यसलाई बदनाम गराउने काममा मधेश प्रदेश सरकार पछिल्लो उदाहरण बनेको छ । मधेसको समृद्धिको लागि राजनीति गरिरहेको दावी गर्ने मधेसबादी दलहरूले बेलाबेलामा गर्ने यस प्रकारका कृयाकलाप र रवैयाले मधेशकै जनता वाक्क भैसकेका छन् । मधेश प्रदेशमा अहिले जनमत पार्टीका अध्यक्ष सिके राउत नेतृत्वको सरकार छ । त्यही सरकारले २० सदस्यीय जम्बो मन्त्रिपरिषद बनाएर संघीयतालाई नै बदनाम गराउने प्रयास गरेको छ । नेपाल जस्तो सानो मुलुकका लागि संघीयता आवश्यक छैन भन्ने एकथरीलाई मधेश प्रदेश सरकारको यो कामले बल प्रदान गरेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेशको सुशासन, सम्मृद्धि र विकासको नारा निकै जोडतोडले उछाल्दै आउनुभएको छ । तर, आफ्नै पार्टी मधेश सरकारमा गएको बेला दुनियाँलाई हसाउँने गरी जम्बो मन्त्रिपरिषद बनाएर नेपालको इतिहासमा अहिलेसम्म नभएको कुशासन लाद्ने प्रयासमा बल प्रदान गर्नुभएको छ । कांग्रेस, एमाले, माओवादी र मधेशी दलले देश खत्तम बनाए भनेर संसदमा भाषण गर्ने सिके राउतले किन जम्बो मन्त्रिपरिषद बनाउन सरकारलाई प्रेरित गरे ? किन संघीय सरकारमा जस्तै मधेश प्रदेशमा पनि भाग पु¥याउनु पर्ने बाध्यता आईलाग्यो ? बिषय सोचनीय छ ।

जेहोस मधेश प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले शेरबहादुर देउवाले जस्तै नेपालको इतिहासमै नयाँ रेकर्ड कायम गर्ने दिशामा उद्यत हुनुभएको छ । विगतमा शेरबहादुर देउवाले सत्ता जोगाउन ४८ सदस्यीय मन्त्रिपरिषद बनाएको इतिहास छ । त्यही दौडमा मधेश सरकार पनि छ । यी र यस्तै कृयाकलाप संघीयता बदनाम गराउन पर्याप्त छन । त्यसै त मुलुकले संघीयता धान्नै सक्दैन भन्ने कुरा पछिल्लोसमय बहसको बिषय बनिरहेको छ । संघीयताकै कारण देश आर्थिकपमा टाट उल्टिने हो कि भन्ने चिन्ता पनि छ । ठिक यही बेला जम्बो मन्त्रिपरिषद बनाएर मधेश सरकारले आफै बदनाम हुने बाटो अनुसरण गरेको छ ।

बिडम्वनाको कुरा के छ भने संघीयताको वकालत गर्ने दलहरूकै कारण यतिखेर संघीयता संकटमा छ । मधेशका राजनीतिक दलहरूको एजेण्डा संघीयता थियो । अहिले त्यही संघीयतालाई बदनाम गराउने काममा दलहरू लागिपरेका छन । संघीयताको नाममा मुलुकलाई आआफ्नै स्वार्थमा विभाजित गर्ने प्रयास भएका कारण संघीयतामाथि प्रश्न उठेको भन्दा अन्यथा हुँदैन । आफूलाई परिवर्तनकारी भन्ने शक्तिहरू जसले साझा संघर्षबाट युगान्तकारी परिवर्तन गरेको दाबी गरेपनि परस्पर असमझदारीको वातावरण सिर्जना गरी प्राप्त उपलब्धिलाई संस्थागत गर्न अक्षम सावित हुने दिशातर्फ उन्मुख हुनु आफैमा विरोधाभास हो । यो दलीय स्वार्थ र सत्ता लोलुपताको अर्को उदाहरण हो । राजनैतिक अस्थीरताले आमजनतामा निराशा बढिरहेको बेला मधेशमा भित्रिएका विकृतिले संघीयतालाई कमजोर बनाउने निश्चित छ । तसर्थ मधेश प्रदेश सरकारले जुन जम्बो मन्त्रिपरिषद गठन गरेको छ, त्यसमा सुधार गरोस् । प्रदेशलाई बोझ हुनेगरी बनेको मन्त्रिपरिषद घटाउने काम गर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?