ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

गुणस्तरहीन केवल तारको कारण स्वदेशी उत्पादन मारमा

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

बुटवल, २३ साउन ।
गुणस्तरहीन केवल कम्पनी नियमन नहुँदा स्वदेशमा स्थापना भएका नेपाल सरकारबाट गुणस्तरचिन्ह प्राप्त गरेका केवल (तार) उत्पादक कम्पनीहरू मारमा परेका छन् । गुणस्तरहीन केवल प्रयोग गरिएको कारण बेला–बेलामा विद्युत सर्ट भएर आगो लागेर लाखौं करोडौंको क्षति समेत हुने गरेको छ । बुटवल लगायतका आसपासमा केही महिना तथा दर्जन बढि स्थानमा विद्युत सर्ट भएर आगलागी भएको घटना सार्वजनिक भएका थिए । बुटवलको एक कम्प्लेक्स सहितका विभिन्न पसल, औषधी पसल लगायतका स्थानमा आगलागी भएर कारोडौंको क्षती पुगेको थियो । जसमा विद्युतीय कमसल सामग्रीको प्रयोग गरिएको आशंका गरिएको छ ।

अहिले नेपाली बजारमा विभिन्न २०/२५ वटा विद्युतीय तारका ब्राण्ड भेटिन्छन् । ’क्वालिटीमा कम्प्रमाइज’ गर्ने केही ब्राण्डकै कारण गुणस्तरीय तार उद्योग समस्यामा परेका हुन् । पसलमा जे भेटिन्छ त्यही किन्ने बानीले भविष्यमा गुणस्तरहीन तारले निम्त्याउन सक्ने जोखिमबारे उपभोक्ता अनविज्ञ रहेका हुन ।

त्यस्ता तार प्रयोगले सर्ट सर्किट भएर आफूले मेहेनत गरेर बनाएको सबै संरचना ध्वस्त हुन सक्ने तर्फ सचेत हुन आवश्यक छ । विद्युतीय तारका विभिन्न प्रडक्ट उत्पादन गरिरहेको लिटमस इन्डस्ट्रिजका उपाध्यक्ष सरोज मिश्रले ले गुणस्तरहिन तारको कारण बजारमा जोखिम समेत बढ्दै गएको बताए । उनले लिटमस केवलले नेपाल सरकार नापतौल तथा गुणस्तर विभागबाट गुणस्तरचिन्ह समेत प्राप्त गरेको छ । जसले उत्पादन गरेका सबै उत्पादन गुणस्तरचिन्ह प्राप्त गरेका हुन ।
तर बजारमा भारत लगायतका विभिन्न देशबाट समेत आयात गरिएको गुणस्तरहिन विद्युतीय तार तथा बस्तुको कारण आगलागी लगायतको जोखिम उच्च रहेको पाईन्छ ।

बजारमा जे पायो त्यहि सामान किनेर प्रयोग गर्दा यस्ता तारले जोखिम बढाइरहेको उपाध्यक्ष मिश्रको भनाई रहेको छ ।
सस्तोमा बेच्ने नाममा बजारमा गुणस्तरहीन प्रडक्ट पठाउने गरिएको छ । यसले गुणस्तरमा विश्वास राख्ने हामीजस्ता स्वदेशी कम्पनीलाई मर्का पारिरहेको छ । सरकारका नियामक निकायहरूले बजारबाट यस्ता प्रडक्टलाई हटाउन भूमिका खेल्नुपर्छ,’ मिश्रले भने ।
गुणस्तरहीन तारले बजारमा कब्जा जमाइरहँदा नेपालको जलविद्युत निर्माणका विभिन्न काममा ठेक्का हात पारेका विदेशी कम्पनीहरूले समेत नेपालमै उत्पादन गरिएका तार उपयोग गर्न अनिवार्य गर्नुपर्ने मिश्र बताउँछन् ।

विदेशी कम्पनीहरूले आफूलाई आवश्यक पर्ने विद्युतीय तार नेपालमै उत्पादन हुने भएपनि विदेशबाटै ल्याउने गरेका छन् । जसका कारण नेपाली उद्योगहरूको बजार फस्टाउन सकेको छैन । सरकारले नेपाली बजारमा बिक्री हुने विद्युतीय तारका लागि नेपाल गुणस्तर मापदण्ड तोकेको छ । तर यसरी आयोजनाका लागि भन्दै भित्रिने तारले त्यो मापदण्ड पालना गरेका भने छैनन् । भन्सार विन्दुमै त्यस्ता तारको अनुगमन हुनुपर्नेमा त्यो भएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?