© २०२३
सुनवल, २३ साउन।
पश्चिम नवलपरासीको सुस्ता स्थीत नारायणी पारीको सुस्ता गाउँमा नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारणलाईन विस्तारको काम सुरु गरेको छ । नारायणी नदिमा झोलुगें पुल बने सगै प्राधिकरणले सुस्तामा राष्ट्रिय प्रशारण लाइन मार्फत विद्युतीकरणको काम सुरु गरेको हो । झोलुगेंपुल मार्फत विद्युततार नारायणी पारी सम्म पु¥याईने छ । सुस्ता गााउमा विद्युत जडाईनका लागी प्रशारण लाईन तयार भईसकेको विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए । पुलमा तार विस्तारका क्रममा विद्युत सुरक्षाका आवश्यक मापदण्ड पालना गरेर तार तान्ने काम भईरहेको छ । १५ सय ७१ मिटर लामो पुलमा हाल सम्म ६ सय मिटर तार तान्ने काम भईसकेको झाले बताए ।
एम डी राजा निर्माण सेवाले १ करोड ३० लाखको लागतमा विद्युत लाईन विस्तारको काम गरिरहेको छ । सुस्ताबासीले अहिले सोलार मार्फत उत्पादित विद्युत प्रयोग गर्दै आएका छन् । तर माग अनुसार सोलार मार्फत विद्युत आपुर्ति हुन नसक्दा सुस्ताबासीले समस्या भोगदै आएका छन् । पटक पटक सोलार बिग्रिने र मर्मतमा समय लाग्ने हुदा सुस्ता गाँउका स्थानिय अध्यारोमा बस्नुपर्ने बाध्यता छ । अब राष्ट्रिय प्रशारण लाईनको विद्युत जोडिएपछि सोलारलाई विद्यतु अवरुद्ध हुदा प्रयोग गर्ने गरी वैकल्पिक व्यवस्था गरिने सुस्ताका स्थानिय रविन्द्र जयसवालले बताए ।
संघिय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको लागत ४ करोड ८० लाख ९५ हजार लागतमा सोलार प्रणाली जडान गरिएको थियो । राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुग्ने भएपछि सुस्ताबासी खुसि भएका छन् । ‘सुस्तामा निकै समस्या थियो, सोलार भएपनि बत्ति बाल्नै पावर पुग्दैनथ्यो अब विद्युत पुगेपछि सहज हुने आशा छ, जयसवालले भने ’