© २०२३
बुटवल, २२ साउन । विश्व स्तनपान सप्ताह कार्यक्रमको अवसरमा बुटवलको आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालमा सुत्केरी आमाहरुलाई स्तनपान सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । अस्पताल परिसरमा आयोजना गरिएको कार्यक्रममा सुत्केरी आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्वबारे जानकारी दिईएको हो ।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद पराजुलीले स्तनपान सप्ताहको महत्व, आवश्यकता र उद्धेश्यबारे प्रकाश पार्दै स्तनपानमा परिवारका सदस्यको सहयोग जरुरी रहने बताए । आमा र बच्चालाई स्वास्थ्यमा स्तनपानबाट सकारात्मक प्रभाव पर्ने वैज्ञानिक रुपमा पुष्टि भएको उनले दाबी गरे ।
कार्यक्रममा आम्दा अस्पतालका स्टाफ नर्स सोनी मास्के र दुर्गा पाण्डेले आमाको लागि स्तनपानको फाइदाहरु, स्तनपान गराउँदा सुत्केरी आमाले ध्यान दिनुपर्ने कुराहरु, स्तनपान गराउँदाका आसन र बालबालिकाको लागि स्तनपानका फाइदाबारे बताए ।
कार्यक्रममा आम्दा अस्पतालका डा. अरुण पोख्रेल, डा. सुन्दर न्यौपाने, मेट्रोन सुशीला विश्वकर्माले अस्पतालबाट स्वास्थ्य सेवासंगै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।
प्रत्येक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म नेपाल लगायत १७० वटा राष्ट्रहरुमा स्तनपान सप्ताह कार्यक्रम मनाइन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयको अगुवाईमा नेपाल पोडियाट्रिक्स् सोसाइटीले पनि यस वर्ष २०८१ साउन १६ गतेदेखि २२ गतेसम्म विभिन्न सचेतनामुलक कार्यक्रम गरेर स्तनपानको महत्वबारे नागरिकलाई सचेत गराउँदै स्तनपान सप्ताह कार्यक्रम मनाईरहेको छ । यो वर्ष ‘स्तनपान समानता ः सबैको सहयोग र सहभागिता’ भन्ने नारासंगै स्तनपान सप्ताह कार्यक्रम विश्वभर मनाईएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी