© २०२३
सल्यान, २२ साउन ।
घरबाट विद्यालय जान्छु भनेर निस्कीएपछि हराइरहेका दाजुवहिनीलाई प्रहरीले फेला पारेको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका वडा नं. ४ सौडोटा घर भई जनता कालिका आधरभुत विद्यालय टिलालीमा कक्षा १ मा अध्ययन गर्ने बर्ष ९ को प्रेम चलाउने र निजको बहिनी बर्ष ७ की रितु चलाउनेलाई सल्यान प्रहरीले फेला पारेर अभिभावकलाई बुझाएको हो ।
सोमबार विहान १० बजेतीर आफ्नो घरबाट बिद्यालयमा पढ्नको लागी बालवालिका गएकोमा बेलुका सम्म पनि घरमा नआएपछि घरपरिवारले प्रहरी चौकी ढोरचौरमा खबर गरेका थिए ।
विद्यालयमा बुझ्दा पनि उनीहरु बढ्का लागि नगएको एकिन भएपछि स्थानिय र प्रहरीको सहकार्यमा निजहरुको खोजतलास गर्दा मंगलबार बिहान फपेला पारिएको प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिए ।
बालबालिकाहरुको खोजतलास गर्दै जाने क्रममा विहान ७ः३० बजेको शारदा नगरपालिका वडा नं. ६ घट्टेखोला सडक छेउमा हिडीरहेको अवस्थामा दाजु वहिनि भेटिएका थिए । उनीहरुलाई सकुशल अवस्थामा फेला पारेपछि जिल्ला प्रहरी कार्यालय, सल्यानमा ल्याई स्वास्थ्य परीक्षण गराउँदा अवस्था सामान्य भएकोले बालबलिकालाई बुबा टेक बहादुर चलाउनेको जिम्मा लगाई बुझाइएको प्रहरी निरीक्षक खत्रीले जनाए ।