© २०२३
बागलुङ ।
बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ।
भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।
उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्।
विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ। ती घरमा मानिस भएनभएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए। घटनास्थल वरपरका सर्वसाधारण फोन समेत नलागेकाले उद्धारमा कठिनाई भैरहेको छ । पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले पहिरोमा परेकाको तत्काल खोजी गर्न र घाइतेहरुलाई उपचारको कुनै कमी नहुन दिन आग्रह गरेका छन् । अहिले पालिका अध्यक्ष पालिकाको जरुरी कामले काठमाडौ रहेकोर उपाध्यक्ष भिमसेन वनको नेतृत्वमा घटना स्थलमा टोली पठाईएको र अहिले नेपाल प्रहरी नगर प्रहरी र औषधि सहित उपचारको लागि डाक्टर सहितको टिम पुगेको अध्यक्ष थापाले बताए । अहिले उद्धारको काम भैरहेको छ । यस्तै गुल्मी मुसिकोट नगरपालिकामा पनि पहिरोले ४ जनाको मृत्यु र केही घाइते भएको बताइएको छ ।