© २०२३
जितपुर, २२ साउन ।
साउन महिनाको तेस्रो सोमबार वाणगंगा ६ लक्षमणघाटमा रहेको बोलबमधाममा भक्तजनको घुइँचो रहेको थियो । सोमबारको अघिल्लो दिन बोलबमधाम समितिबाट विशेष आरती पनि हुने गरेको छ । विशेष आरती हेर्नको लागि स्थानीय बासीको बाक्लो उपस्थिति रहने गर्दछ । बोलबम जसले हिन्दु धर्ममा महत्वपूर्ण स्थान राख्दछ । यो नेपालको प्रतिष्ठित धार्मिक पर्व पनि हो ।
यो पर्बमा बिशेष पुजा,संगीत नृत्य र गायन आनन्द र समर्पणमा महत्व रहेको छ । कपिलवस्तुको वाणगंगा–६ लक्षमणघाटमा रहेको बोलबमधामबाट भक्तजनले वाणगंगाको पबित्र जल लिइ पैदल वा यातायातबाट लगभग ३० किलोमिटरको यात्रा पार गरि रूपन्देहीको पर्राेहामा रहेको शिव मन्दिरमा भक्तजनले व्रत गरि शुद्ध मनले जलार्पण गरि शिबको आशीर्वाद प्राप्त गर्ने मानिन्छ ।यश प्रकारको बिश्वासले समर्पण र तपस्याले भक्तजनको मनोकामना पूरा हुने एवं शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धता प्राप्त हुने बिश्वास गरिएको बोलबमधामका भक्तजन बताउँछन् ।