ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

नेपाली महिला भलिबल टिमलाई बधाई

२२ श्रावण २०८१, मंगलवार
२२ श्रावण २०८१, मंगलवार

महिला भलिबलको इतिहासमा पहिलोपटक नेपालले भारतलाई हराएर ऐतिहासिक जीत हात पारेको छ । यसका लागि नेपाली महिला भलिवल टिम बधाईको पात्र बनेको छ । काठमाण्डौमा भएको काभा महिला भलिबल लिगमा नेपालले भारतलाई आज ३–२ को सेटमा हराएर ऐतिहासिक उपलब्धि हासिल गरेको हो । काभा महिला भलिवलसंगै काभा महिला बिच भलिबलको उपाधि समेत नेपालले हात पारेर नेपाली महिला टोलीले अर्को इतिहास रचेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ’ए’ टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाली महिला खेलाडी पनि अव विश्वस्तरका खेलमा अगाडी आउन सक्छन र नेपालको नाम राख्न सक्छन भन्ने यो जीतले पुष्टी गरेको छ । दुबै खेलमा नेपाली महिला खेलाडीले इतिहास रचेका छन ।

यो नेपालका लागि गौरवको कुरा हो । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको नाम राख्न सफल हुनु नेपालको लागि अत्यन्त महत्वपूर्ण कुरा हो । यो अत्यन्त खुसीको कुरा पनि हो । नेपाल सरकारले समेत नेपाली महिला खेलाडीहरूलाई बधाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला खेलाडीलाई बधाई दिएका छन । अव बधाईले मात्र पुग्दैन, खेल जितेका महिला खेलाडीको उत्साह बढाउन उनीहरूको आत्मबल बढाउनु जरुरी छ । नेपाली खेलाडीलाई हौसला दिन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी लगायतका विशिष्ट व्यक्ति रङ्गशालामा पुगेका थिए । अव नेपाली महिला खेलाडीको उत्साह बढाउँदै खेलकै माध्यमबाट उनीहरूलाई आत्मनिर्भर बनाउन सरकारले रोजरोटीको ग्यारेन्टी गर्नुपर्दछ । अनिमात्र नेपाली महिला खेलाडीले आफ्नो सीप, कलाकौशल प्रदर्शन गर्न सक्छन । नेपालमा खेलाडीलाई कुनैपनि प्रकारको सुविधा छैन । उनीहरूले खेलकै माध्यमबाट जीवन निर्वाह गर्न चुनौति छ । तरपनि, हाम्रा खेलाडीको आत्मविश्वास भने डग्मगाएको छैन । यो जीतले नेपाली महिला खेलाडीले अवसर पाए अझै उपलब्धि हासिल गर्न सक्छन भन्ने प्रमाणित भएको छ । घरभित्रै पनि उपयुक्त तयारीको अवसरबाट वञ्चित हुनुपर्ने नेपालको लागि घर बाहिर त्यो पनि विदेशमा गएर खेल खेल्नु अत्यन्त चुनौतिको बिषय हो । विषम परिस्थिति हुँदाहुँदै पनि हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेका छन । जसरी नेपाली क्रिकेट आज सफलताको बिन्दुमा उक्लिएको छ, त्यसैगरी भलिबल खेलबाट पनि नेपाली महिला खेलाडीले नेपालको नाम अन्तर्राष्ट्रिय जगतसम्म स्थापित गर्न सक्छन भन्ने यो उदाहरण हो ।
नेपाली महिला भलिबल टोलीले काभा र बिच भलिबलमा हात पारेको यो हालसम्मकै सबैभन्दा ठूलो सफलता हो । सिंगो राष्ट्रले गौरव गर्नलायक यो सफलताका लागि हाम्रा खेलाडी बधाईका पात्र भएका छन् । तर, अगाडिको यात्रा अझ चुनौतीपूर्ण छ । खेलाडीको अथक परिश्रमपछि यतिबेला नेपाल जुन उचाइमा पुगेको छ, त्योभन्दा अगाडि बढ्न खेलाडीको एक्लो प्रयास मात्र पर्याप्त हुँदैन । त्यसका लागि सरकारले खेलाडीलाई प्रोत्साहन दिनैपर्दछ । त्यसका लागि ठोस सरकारी प्रतिबद्घता चाहिन्छ । अवको दिनमा खेल र खेलाडीको विकासका लागि सबै पक्षले हातेमालो गरेर बढ्नु सबैभन्दा पहिलो सर्त हो । खेलाडीले हासिल गर्ने सफलतामा गौरव गर्न सम्बद्घ निकायले त्यस्तो वातावरण बनाउन सक्नुपर्छ । सबैभन्दा पहिले यो दायित्वबोध सरकार र राष्ट्रिय खेलकुद परिषदले गर्नुपर्दछ । नेपालको खेल क्षेत्रमा सरकारको अहिलेको प्रतिबद्घता, लगानी, परिश्रम र वातावरण पर्याप्त छैन । अवको दिनमा सरकारले खेलाडीलाई पर्याप्त सुविधा उपलब्ध गराएर निरन्तररूपमा प्रशिक्षणमा व्यस्त बनाउन सक्नुपर्छ । जबसम्म सरकारले खेलाडीको सर्वाङ्गिण विकासमा ध्यान दिदैन, तबसम्म खेलाडीले मात्रै केही गर्न सक्दैनन् । तसर्थ सरकारले दिने प्रोत्साहन र बढाउने मनोबलले नै नेपालको खेल क्षेत्रको विकास संभव छ । यो कुरा बुझ्न ढिलो गर्नुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?