© २०२३
बुटवल, २१ साउन
लियो क्लव अफ बुटवलको ३९ औं चार्टड नाईट तथा अवार्ड सेरमोनी सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले उद्घाटन गर्दै सामाजिक संघसंस्थाहरु समाजमा अगुवाका रुपमा भुमिका खेल्नुपर्ने बताए । शान्ति सुरक्षा कायम गर्ने दायित्व बोकेका प्रहरी प्रशासनलाई युवाहरुबाट नेतृत्व गरेका संघसंस्थाहरुको सधै साथ जरुरी रहने उनले बताए । युवा पुस्ताबाट देशको प्रशासनिक क्षेत्रमा सहयोग भएमा शान्ति स्थापना, अमन चयन कायम गर्न सकिने उनले बताए । उनले भने–‘हामी शान्ती स्थापना मा सबै निकायको विचमा सहजीकरण सहितको हातेमालो गर्न तयार छौं ।’
कार्यक्रमा लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि का निवर्तमान गर्भनर तथा लायन्स बुटवलका पूर्व अध्यक्ष अर्जुनमान सैजुले नारायणी पारीको नेपालकै पूरानो क्लब लियो बुटवल सामाजिक सेवामा महत्वपूर्ण योगदान दिएको दाबी गरे । युवाहरुको सक्रियातामा गठन भएको क्लवबाट बिगत ३८ बर्ष देखि नै शिक्षा, स्वास्थ्य र सचेतनाका कार्यलाई निरन्तरता दिएको बताए । उनले युवाहरुमा एकताको शक्ति हुने भन्दै यो शक्ति रुपान्तरण गरी समाजमा उदाहरणीय बन्न सकिने बताए ।
लियो डिष्ट्रिकका पूर्व अध्यक्ष तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का सेकेन्ड भिडिजि सन्दिप कसौधन, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का पूर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठ, लियो डिष्ट्रिक का अध्यक्ष सारदा कुवंर, डिष्ट्रिक ३२५ पि का फाइनेसियन एडभाइजर तथा लियो बुटवलका पूर्ब अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, डिष्ट्रिक ३२५ पि का जिएलटि कोडिनेटर तथा पूर्ब अध्यक्ष अनिल प्रसाद श्रेष्ठ, लायन्स आखाँ अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायन्स क्लब बुटवल अध्यक्ष मृगेन्द्र गोबिन्द श्रेष्ठ, लायन्स क्लब बुटवलका पूर्व अध्यक्ष तथा लियो सल्लाहकार नरेश कुमार श्रेष्ठ लगायतले क्लबको भुमिका र भावि योजनाबारे प्रकाश पारे । यस वर्ष कान्ति माध्यमिक विद्यालयका छात्रा सुदिक्षा पौडेल र अस्मीना आर्चायलाई लियो बुटवलको अक्षयकोषबाट छात्रवृद्धि प्रदान गरिएको छ । बर्ष २०२४÷२५ का अध्यक्ष प्रतिक खनालले संस्थापक अध्यक्ष तथा पूर्ब अध्यक्षहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।