ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

तीन बर्षमा पनि बनेन पूल !

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

लमही, २१ साउन ।
लमही–कोइलावास सडक खण्डको बगईसोतामा निर्माण हुन लागेको २० मिटरको पुल ३ बर्षदेखी निर्माणकार्य सम्पन्न हुन सकेको छैन ।
लमही–कोइलावास जोड्ने हुलाकी सडक पक्कि सडक बन्यो । तर, त्यो सडकमा रहेका खोला तथा सोतामा पुरानै पुलबाट काम चलिरहेको थियो । पक्कि सडक बनेपछी सवारी चाप बढ्दै गयो । पुराना कल्भर्ट तथा पुलहरू साँघुरा र कमजोर हुदै गए । बगईसोतामा साँघुरो पक्की पुल थियो । हुलाकी सडक बन्यो तर सोतामा पुल बन्न सकेन । पुरानो पुल भत्किएपछी नयाँ बनाउन ठेक्का खोलियो । झण्डै तीन बर्ष अघि पुल बनाउन ठेकेदारले काम सुरु गरे । दुई÷चार जना श्रमिक परिचालन गर्ने, केही सामान झार्ने र बनाउन थाल्ने, विचमा छाडेर जाने जस्ता गतिविधि भएपछी चाहेको जसरी काम हुन सकेन । जसले गर्दा अहिले पनि पुल निर्माणाधिन छ । हुलाकी सडक आयोजना कार्यालय र निर्माण कम्पनीको लापरवाहीका कारण समयभित्र पुल नबन्दा सर्वसाधारण देखी यो सडक भएर यात्रा गर्नेहरूले निकै सास्ती खेप्नुप¥यो । ‘यो पुल समयमा नबन्दा हामीले सास्ती खेप्नुप¥यो । पानी पर्दा त यो बाटो नहिडेकै बेस’ लमहीका व्यवसायी कोलहिका जल्लु चौधरीले गुनासो गरे ।, ‘अहिले गढवा जान थालेको, पुल बनिनसक्दा खोलाको भाग भएर जानुपर्छ । मुस्किल छ ।’

बनाउनुपर्ने २० मिटरको मात्रै पुल थियो । शुरु भएको १८ महिना हुदा जमिन मुनिकै काम सकिएको थिएन । तीन बर्ष पुग्न थाल्दा ढलाईको काम सकिएर अव पुलबाट सवारी साधन सञ्चालन गर्न सक्ने अवस्थामा पुगेको छ । काममा खटिएको पेटी ठेकेदार भागेपछि पुल अलपत्र परेको थियो । मुख्य निर्माण कम्पनीले आफै काम शुरु गरेपछि भौतिक प्रगती देखिएको हो ।‘म वडा अध्यक्ष हुँदा पुल बनाउने काम सुरु भयो । विचमा ठेकेदार सम्पर्कमा नआउने, काम अधुरो छोड्ने गर्दा त्यसको असर अहिले सम्म परेको देखिन्छ’ लमही नगरपालिका–५ का निवर्तमान वडा अध्यक्ष विमबहादुर केसीले भने,‘पटक पटक दवाव दिँदा, ध्यानाकर्षण गराउँदा पनि समयमा काम सुरु हुन सकेन । बल्ल पुलबाट आउन जान मिल्नेगरी काम सम्पन्न हुदैछ ।’

भारत सरकारको लगानीमा लमही–कोइलावास हुलाकी सडक बन्यो तर यही सडकखण्ड भित्र पर्ने पक्की पुल बनाउने जिम्मा नेपाल सरकारको थियो । हुलाकी सडक बनाउने बेलामा पक्की पुल बनाउनुपर्ने थियो तर उतिबेला बनेन । पुल भत्किएपछि नयाँ बनाउने प्रक्रिया थालिएको थियो । एक बर्ष अघिनै सम्पन्न हुनुपर्ने काम अहिले पनि चलिरहेकै छ । पुल नबन्दा स्थानीय जनप्रतिनिधिहरूले समेत गुनासो सुन्नुप¥यो । ‘यो काम हाम्रो पालिकाको बजेटबाट नबनेपनी जनताले हामीलाईनै सोध्ने भयो । हामीले जवाफ दिनुपर्ने अवस्था रह्यो’ लमही–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले भने,‘आयोजना कार्यालय संग पटकपटक यही बारेमा जानकारी माग्ने, ध्यानाकर्षण गराउने काम भइरह्यो । अव आशा छ काम सम्पन्न हुने छ ।’

बगईसोतामा धेरै वर्ष त काठको पुलले काम चल्यो । पञ्चायतकालमा यहाँ काठको पुल बनाइएको थियो । धेरै वर्ष त्यही पुलले धानेको थियो । बाढीले पुल बगाइदिएपछि पक्की तर साँघुरो पुल बन्यो । त्यसले लमही–गढवा सडक खण्डमा गाडीको चाप थेग्न सकेन । लोड बोकेको टिप्पर हिंडेपछि त्यो पुल पनि भत्कियो । जसले गर्दा नयाँ पक्कि पुल बन्ने बाटो खुल्यो । शुरुमा निर्माण कम्पनीले सरिया र सिमेन्टको मूल्य बढेका कारण काममा आलटाल गरेको थियो । अहिले पनि बहानाबाजी गरेर कामबाट उम्किन खोजेको थियो । तर, आयोजना कार्यालयको पटकपटको दवावले मुख्य निर्माण कम्पनी काममा फर्किएको हो । हुलाकी सडक आयोजना कार्यालयमार्फत तीन करोडको लागतमा गाल्वा मेनका जेभीले पुल निर्माणको ठेक्का पाएको थियो तर शुरुदेखि नै काममा ढिलासुस्ती गरेका कारण पुल निर्माणमा ढिलाइ भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?