© २०२३
बुटवल, २० साउन । चिकित्सकहरुद्धारा सामाजिक उत्तरदायित्वमा अग्रसर हुने गरि स्थापना गरेको रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपालले विभिन्न विषयमा सचेतना कार्यक्रमलाई जोड दिएको छ । क्लबको आयोजनामा शनिबार देवदह नगरपालिकास्थित भविष्य निमार्ण माबिका बालबालिकाहरुलाई स्वस्थ्य खानेकुरा, मनोसामाजिक समस्या तथा लागू औषध दुब्र्यसनी लगायत विषयमा सचेतना कार्यक्रम दिईएको हो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै पेशा ब्यवसायसंगै सामाजिक उत्तरदायित्वमा चिकित्सकहरुको महत्वपूर्ण कार्य भएको बताए । कक्षा ८ देखि १० मा अध्ययन गर्ने बालबालिकाहरुलाई लक्षित गरि कार्यक्रम निक्कै प्रभावकारी भएको उनले बताए ।
कार्यक्रममा बालरोग विशेषज्ञ डा सन्तोष पोखरेल, मनोविद यशोधा बगाले र मनोरोग विशेषज्ञ डा बिक्रम काफलेले स्वस्थ्य खानेकुरा, मनोसामाजिक समस्या तथा लागू औषध दुब्र्यसनीको बारेमा बताए ।
बालबालिकाहरुमा तैयारी खानेकुरा बढी खाने प्रचलनले उनिहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने हुदा पनि समयमा नै सचेत गराउनुपर्ने बालरोग विशेषज्ञ डा सन्तोष पोख्रेलले बताए । बालबालिकाहरुसंगै आगामी दिनमा शिक्षक र अभिभावकहरुलाई समेत यस्ता अभिमुखिकरणमा जोड्दै लैजानुपर्ने देखिएको उनले बताए ।
कार्यक्रममा क्लबका डा बिक्रम काफलेले बालबालिकाहरु लागूऔषध दुब्र्यसनीमा फस्ने कारण, यसबाट बच्ने उपाय साथै अभिभावकहरुको भुमिकाका बारेको बारेमा जानकारी दिए । धेरै अभिभावकहरु बालबालिकाहरुको मनोविज्ञान बुझन नसक्दा समस्या शुरु हुने उनले बताए । यसैगरि शनिबार नै विद्यालय परिसरमा ५० वटा विभिन्न प्रजातीका फुलका बिरुवा वृक्षारोपण समेत गरिएको उनले बताए ।
यसअघि पनि क्लबले समुदायमा लागू औषध न्युनिकरण सम्बन्धी सचेतना तथा हेपाटाईटिस परिक्षण कार्यक्रम गरेको थियो । कार्यक्रममा विद्यालयका कक्षा ८, ९ र १० का करीब २ सय विद्यार्थीहरुलाई सहभागी भएका प्रधानाध्यापक गोबिन्द भुषालले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी