ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

छोरी काखमा, पैसा खातामा

२० श्रावण २०८१, आईतवार
२० श्रावण २०८१, आईतवार

चन्द्रौटा (कपिलवस्तु), २० साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिका अन्तर्गत पहिलो सन्तानको रूपमा छोरी पाउने नागरिकलाई बैंक खातामा पैसा जम्मा हुने गरेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मिने छोरीका नामको बैंक खाता सञ्चालन गरि पहिलो वर्ष १५ हजार रुपियाँ बचत गर्ने कार्यक्रम ल्याएको हो । सामुदायमा छोरीप्रति हुने विभेद अन्त्य गर्न र छोरीको सम्मानका लागि पालिकाले २०७८ सालमा सो योजना ल्याएको थियो । समाजमा रहेका छोरी चेली प्रतिको नकारात्मक मनोवृतिलाई निश्तेज पार्न ‘विजयनगर गाउँपालिका छोरी बचाउँ, छोरी पढाउँ’ अभियान चलाएको गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले बताए ।

वडा नम्बर–२ जर्लैयाकी रिता यादवले आफ्नी पहिलो छोरी राधिका यादवको नाममा बैंकमा खोलिएको खातामा गाउँपालिकाले १५ हजार रुपियाँ जम्मा गरेको बताइन् । गाउँपालिकाले उक्त रकम दावीका लागि बनाइएको सबै मापदण्ड पूरा गरेकोले छोरीको नाममा सो रकम र थप ५ हजार गरि खातामा जम्मा भएको उनी बताउँछिन् । छोरीहरूको उज्ज्वल भविष्यका लागि सराहनीय काम भएको भन्दै प्रशंसा समेत यादवले गरिन् । नियमित विद्यालय जान र शिक्षाप्रति आकर्षित गर्न गाउँपालिकाले हरेक वर्ष कक्षा ६ भन्दामाथि अध्ययनरत छात्रालाई प्रोत्सहन स्वरूप साइकल, शैक्षिक सामग्री र छात्रावृत्ति वितरण लगायत योजना ल्याएको छ । यस अभियानले सार्थकता पाएको पालिकाले जनाएको छ ।

विजयनगरका दम्पतीले गाउँपालिकाले चलाएको यो अभियानप्रति आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा ३३ जना, २०७९/०८० मा ७५ र अ.व.२०८०/०८१ मा ५६ जना छोरीको बैंक खातामा एकमुष्ठ रकम जम्मा गरेको छ । छोरी बचाउँ, छोरी पढाउँ अभियान अन्तर्गत ३ वर्षमा गरी १ सय ६४ जना दम्पतीका पहिलो छोरीका नामको खातामा रकम जम्मा गरिएको गाउँपालिकाका सूचना अधिकारी हिमलाल पौडेलले बताए । गाउँपालिकाले यस अभियानले लैङ्गिक समानता कायम गर्ने पूर्ण विश्वास लिएको छ ।

वविध घरायसी कारणबाट शिक्षाको उज्यालो घामबाट वञ्चित हुन पुगेका तथा कक्षा छाड्नेहरूको हालको अवस्थालाई मध्यनजर गरि छोरी बचाउँ, छोरी पढाउँ अभियान चलाएको जनाइएको छ । आगामी दिनहरूमा त्यसो हुन नदिन र छोरा र छोरीबीचको भेदभाव अन्त्य गर्नका लागि यस अभियानमार्फत जोड दिइएको छ । गाउँपालिका अध्यक्ष थापाले बचतका माध्यमबाट भविष्यको आर्थिक बोझ कम गर्ने बताए । सहज जीवन निर्वाह गरि आत्मसम्मानका साथ जीउने वातावरण निर्माणका लागि पहिलो सन्तानको नाममा रहेको बैँक खातामा गाउँपालिकाले एकमुष्ठ १५ हजार रुपियाँको दरले रकम जम्मा हुने गरेको बताए । अध्यक्ष थापाले भने; “परिवारको पहिलो छोरीको खातामा गाउँपालिकाले १५ हजार बचत गर्छ । त्यो शिशुको परिवारलाई पनि अनिवार्य कम्तिमा ५ हजार अनिवार्य वा त्यो भन्दा बढी रकम जम्मा गर्न लगाइन्छ ।” बैंकमा जम्मा गरिएको रकम २० वर्षका लागि बचत गरिने र छोरी २० वर्ष पुग्दा उच्च शिक्षाका लागि प्रयोग गर्न सकिने उद्देश्यले यो कार्यक्रम अघि सारिएको उनको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले यस अभियानले बाल बिबाहको अन्त्य हुने बताइन् । छोरीको बिहेवारी गर्दा लाग्ने खर्चमा केही राहत हुने बताउँदै ग्रामिण क्षेत्रमा छोरीलाई पढाउन र उनीहरूको भविष्य सुन्दर बनाउन यो कार्यक्रम ल्याइएको उपाध्यक्ष चौधरीले जिकिर गरिन् ।
पालिकाभित्र बसोबास भएका विवाहित दम्पतीबाट जन्मिएका पहिलो छोरीलाई बुझ्नुपर्ने बताउँदै पहिलो, दोस्रो वा सो भन्दा बढी सन्तान छोरा भएकोमा सो पछि जन्मिएको पहिलो छोरीलाई समेत कार्यक्रम लागू हुनेछ । गाउँपालिकाले एकमुष्ठ बीउ पुँजीको रूपमा जम्मा गर्छ । सो कोषमा अभिभावकले आफ्नो इच्छा अनुसार थप रकम जम्मा गर्न सक्नेछन् । घरदैलो सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को अधिकार प्रयोग गरि पालिकाले निर्देशिका बनाई लागु गरेको छ । पालिकाले छोरी बचाउँ, छोरी पढाउँ अभियान सञ्चालन निर्देशिका २०७८ मा सञ्चालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?