© २०२३
बुटवल ।
आर्थिक अनुसन्धान केन्द्र नेपालको दोस्रो महाधिवेशन सम्पन्न भएको छ । विकासका लागि अनुसन्धान अभियानका साथ लुम्बिनी प्रदेश भित्र कार्यक्षेत्र रहने गरी २०७८ सालमा लुम्बिनी प्रदेश सरकारमा दर्ता भएको सस्थाको दोस्रो अधिवेशन केन्द्रका सस्थापक अध्यक्ष हुमराज भुसालको अध्यक्षतामा भएको हो ।
अधिवेशनमा अध्यक्ष भुसालले सस्थाको कार्य प्रगति र आगामी योजना समेटिएको प्रतिवेदन पेस गरेका थिए । कोषाध्यक्ष जीवन परियारले आर्थिक विवरण पेस गरेका थिए । दुवै प्रतिवेदनलाई सर्वसम्मत रुपमा स्वीकृत गर्दै अधिबेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत सर्व सहमतिमा चयन गरेको छ ।
अध्यक्षमा हुमराज भुसाल, उपाध्यक्षमा प्रशान्त रावल, सचिवमा राजेन्द्र भुसाल , कोषाध्यक्ष जीवन परियार, कार्य समिति सदस्य यम बहादुर कार्की, भोजराज पङ्गेनी, भोजराज न्यौपाने र निर्मल हुमागाईं रहेको छ । कार्यक्रममा उपाध्यक्ष प्रशान्त रावल, सचिव राजेन्द्र भुसाललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।