ट्रेंडिंग:

>> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारण सभा

पिउनेपानी सहजतामा सरकारको ध्यान दिन आग्रह

१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

बुटवल, १९ साउन । मानव जीवनको लागि आधारभुत आवश्यकता मानिने पिउने पानी सहज पहुच हुने गरि तीन तहकै सरकारको ध्यान जानुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले आग्रह गरेका छन । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको शनिबार बुटवलमा सम्पन्न १२ औ साधारण सभामा बोल्ने बक्ताहरुले सरकारबाट संचालन भएका पिउनेपानीका परियोजनाहरु छिटोभन्दा छिटो सक्ने गरि काम गर्न सुझाव दिएका हुन ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले उद्घाटन गर्दै लुम्बिनीको विकासमा सबै राजनीतिक दलहरु एक हुनुपर्ने बताए । एमाले र काग्रेस दुबै राजनीतिक पार्टी सिद्धान्त र कार्यक्रम फरक भएपनि देशमा संकट र समस्या परेको बेला एकठाउ उभिएको भन्दै जनताको आवश्यकतालाई सम्बोधन हुने गरि लाग्नुपर्ने बताए । बिस २०५१ सालमा आफु सुकुम्बासी आयोगमा रहदा ७ महिनाको अवधिका ६० हजार घरधुरी नापजापका साथै ५ हजार लालपुर्जा वितरण गरिएको स्मरण गर्दै यस क्षेत्रको विकासको कामलाई अघि बढाउनुपर्ने बताए । देशमा स्थाईत्व नहुदा यो काम लामोसमयदेखि रोकिएको भन्दै अब भने काममा लाग्ने सहि समय भएको बताए । यो वर्ष नै सडक पुर्वाधार, तिनाउ तटबन्धनका जस्ता काममा तिब्रता लिने उनले बताए ।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष यम बरालले वर्ष २०८०/२०८१ सम्म ६६२ धारा जडान गरिएको तथ्याक प्रस्तुत गरे । यसमध्ये महिला ३४४ र पुरुष ३०६ जना र संघसंस्था १२ धारा जडान भएका छन । संस्थाको २२५ घनमिटर क्षमताको एउटा ओभरहेड टंकी रहेको भन्दै आगामी दिनमा खानेपानी पाईपलाईन बिस्तार, सरसफाईलाई अघि बढाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष बिरमान तामाङले निक्कै मेहनत गरेर स्थानिय बासिन्दाहरुलाई पिउने पानी उपलब्ध गराउन सफल भएको भन्दै छिटै नै परियोजना पुरा गर्ने क्रममा रहेको बताए । नेपाल सरकारको शुद्ध पानी मापदण्ड अनुसार आगामी दिनमा कार्यक्रम अघि बढाउने उनले बताए । संस्था एक आर्थिक वर्षमा डेढ करोड कारोबार गरि ३८ लाख बचत गर्न सफल भएको भन्दै मानवीय सेवासंगै समाजलाई मजबुत बनाउदै अघि बढ्न सफल भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडाअध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासमा धेरै काम गर्न जरुरी रहेको दाबी गरे । केही गरौ भन्ने जनप्रतिनिधिहरु भष्ट्रचारको आरोप र अख्तियार धाउनुपरेको बाध्यता सुनाए । पानीको दिर्घकालिन समाधान गर्न झुम्सा परियोजना जरुरी भएको भन्दै उनले अब भने पानी आउने दाबी गरे । एकअर्कामा राजनितिक दोष दिएर काम नभएको जनताको गुनासो चिर्ने गरि लाग्नुपर्ने उपयुक्त समयल आएको भन्दै उदाहरणिय काम गर्न जरुरी रहेको उनले बताए । समाजमा काम गर्दा कसले भन्दा पनि हातेमालो गरेर लग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा खानेपानी डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरीले तीन तहकै सरकारको एउटै लक्ष्य शुद्घ पिउने पानी उपलब्ध गराउने भएको बताए । सुन्दरनगर खानेपानी परियोजना निर्माण पूरा भएर हस्तान्तरणको अन्तिम चरणमा पुगेको उनले बताए । खानेपानी गुणस्तर कार्यक्रम समेत चलाएको छ । पानीमा आईरन, चुना र आर्सनिकको अवस्था परिक्षण गरेर शुद्धता दिने गरेको उनले बताए । जसका लागि ट्रिटमेन्टप्लान्ट जडानको काम यो वर्ष रुपन्देहीका ३ स्थानमा चलेको उनले बताए । पहिलो प्राथमिकता पिउने पानी लग्ने त्यसपछि गुणस्तर तर्फ जोड दिने गरिने उनले बताए । महिनामहिनामा पानी जाँच गर्ने र उपभोक्ताको स्वस्थ्यमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा चन्द्रनगर खानेपानी तथा उपभोक्ता संस्थाका उपाध्यक्ष कृष्ण पोखरेलले बुटवल नगरभित्र खानेपानी संस्थाबाट वितरण भएको पानी भन्दा स्वच्छ र पिउनयोग्यपानी वितरण गर्न सफल भएको बताए ।

कार्यक्रममा रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, संस्थाका वरिष्ठ सल्लाहकार बलराम न्यौपाने, डिभिजन कार्यालयका विष्णु पोखरेल, नेपाल मानव धर्म सेवा समितिका अध्यक्ष चोपनारायण बन्जाडे, कालिकाटोल विकास संस्थाका अध्यक्ष धना पौडेलले पिउने पानी र सरसफाईमा निरन्तर अभियान चलाएर संस्था अघि बढेको बताए ।

कार्यक्रममा कालिमा मानव ज्ञान माबि कक्षा–३ का कृसब गुरुङ, ज्ञानोदयमा कक्षा ४ कि निरु बिकलाई छात्रवृत्ति तथा संस्थाका जेष्ठ नागरिक हिरा बहादुर रायमाझी, एकल महिला कालिका दमाईलाई नगदसहित सम्मान गरिएको संस्थाका सचिव प्रकाश खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?